ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यासको लाइन अझै हटेन, ठिमीमा बिहानैदेखि सिलिण्डर बोकेर उपभोक्ताको भीड


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ०५   बजे

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहँदा उपभोक्ताको सास्ती घटेको छैन । सरकारले विभिन्न स्थान तोकेर ग्यास बिक्री वितरण सुरु गरे पनि उपभोक्ताहरू बिहानैदेखि सिलिण्डर बोकेर लामो लाइनमा बस्न बाध्य भएका छन् ।

आज ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा ग्यास वितरण हुने सूचना पाएपछि बिहानैदेखि ठूलो संख्यामा उपभोक्ता सिलिण्डर बोकेर पुगेका छन् । त्यहाँ नेपाल, एचपी, सूर्य, सागर, एभरेष्ट र सुगमलगायत ब्रान्डका ग्यास बिक्री गर्ने भनिएको छ ।

ग्यास पाउने आशमा उपभोक्ताहरू घण्टौँ लाइनमा बसिरहेका छन् । तर, मागअनुसार पर्याप्त सिलिण्डर उपलब्ध नहुँदा कतिपय उपभोक्ता लामो समय कुरेर पनि ग्यास नपाई फर्किनुपर्ने अवस्था देखिएको छ ।

नेपाल आयल निगमले ग्यास अभाव सहज बनाउन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बिक्री वितरणको व्यवस्था गरेको छ । आइतबार राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीसहित सात स्थानबाट ग्यास बिक्री गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

सरकारले ग्यासको आपूर्ति नियमित रहेको दाबी गर्दै अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रबाट ग्यास लिन आग्रह गरेको छ । तर, वितरण केन्द्रमा देखिएको भीड र लामो लाइनले उपभोक्ताको समस्या अझै समाधान भइनसकेको देखाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दैनिक पाँच सयभन्दा बढी चालक ट्राफिक कारबाहीमा, चित्त नबुझे उजुरी गर्न सकिने

देउवा : नेपाललाई हिन्दू राष्ट्र बनाउने कुरा नेपाली जनताको हातमा छ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘शिक्षा संवाद’मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति

दैनिक पाँच सयभन्दा बढी चालक ट्राफिक कारबाहीमा, चित्त नबुझे उजुरी गर्न सकिने

देउवा : नेपाललाई हिन्दू राष्ट्र बनाउने कुरा नेपाली जनताको हातमा छ

देउवा फर्किएसँगै कांग्रेसमा बढ्यो गुटगत गतिविधि, विशेष महाधिवेशनको वैधतामाथि पुनः बहस

Belgium’s Largest Wildfire Spreads Towards German Border

Israel Transfers West Bank Law Enforcement to Civilian Police, Fueling Annexation Fears

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu