ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना उत्कृष्ट अभिनेत्री


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) शनिबार भव्य रूपमा सम्पन्न भएको छ। अवार्ड समारोहमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित हुँदा मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

नविन चौहान उत्कृष्ट निर्देशक तथा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ। त्यस्तै, पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री बनेका छन्।

इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा भएको अवार्डमा २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको थियो। तीमध्येबाट निर्णायक मण्डलले विजेता चयन गरेको आयोजकले जनाएको छ।

मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

अवार्डको निर्णायक मण्डलमा हरिहर शर्मा संयोजक तथा गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा सदस्य थिए।

समारोहमा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

कलाकारको प्रस्तुति

समारोहमा पल शाह, उषा उप्रेती, कविता नेपाली, तेरिया मगर, एलिशा शर्मा, बाबुल गिरी, रिह्यान गिरी, समर्पण लामा तथा मिङ्मा डी. लेप्चालगायतका कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए।

इन्फा अवार्डका बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्कीले समारोह अन्तर्राष्ट्रिय स्तरको अवार्डका रूपमा आयोजना गर्न सफल भएको बताए।

इन्फा अवार्ड–२०२६ का विजेता

  • उत्कृष्ट चलचित्र: ‘ऊनको स्वीटर’ — आर्टमाण्डु नेपाल
  • उत्कृष्ट निर्देशक: नविन चौहान — ‘ऊनको स्वीटर’
  • उत्कृष्ट अभिनेता: नीर शाह — ‘परान’, विपिन कार्की — ‘ऊनको स्वीटर’
  • उत्कृष्ट अभिनेत्री: मिरुना मगर — ‘ऊनको स्वीटर’
  • उत्कृष्ट चरित्र अभिनेत्री: लक्ष्मी गिरी — ‘श्री बुकुरो’
  • उत्कृष्ट चरित्र अभिनेता: सन्तोष पन्त — ‘हर्ष’
  • उत्कृष्ट द्वन्द्व निर्देशक: श्री श्रेष्ठ — ‘राम नाम सत्य’
  • उत्कृष्ट खलपात्र: श्रृष्टि श्रेष्ठ — ‘द ब्लू लाइट’
  • उत्कृष्ट छायांकार: दुलिप रेग्मी — ‘जेरीः अन टप’
  • उत्कृष्ट सह-अभिनेता: प्रकाश दाहाल — ‘अभिमन्यू’
  • उत्कृष्ट सह-अभिनेत्री: आँचल शर्मा — ‘जेरीः अन टप’
  • उत्कृष्ट पार्श्व संगीत: मोह श्रेष्ठ — ‘द ब्लू लाइट’
  • उत्कृष्ट नव-अभिनेत्री: श्यामाश्री शेर्पा — ‘माइतीघर’
  • उत्कृष्ट नव-अभिनेता: विमोचन दवाडी — ‘झरीपछिको इन्द्रेणी’
  • उत्कृष्ट पार्श्व गायिका: झुमा लिम्बु — ‘ऊनको स्वीटर’
  • उत्कृष्ट पार्श्व गायक: सुजन चापागाईं — ‘ऊनको स्वीटर’
  • उत्कृष्ट गीतकार: हरक साउद — ‘ऊनको स्वीटर’
  • उत्कृष्ट पटकथा: नविन चौहान र सुरज — ‘ऊनको स्वीटर’
  • उत्कृष्ट सम्पादन: निमेष श्रेष्ठ — ‘जेरीः अन टप’
  • उत्कृष्ट नृत्य निर्देशक: रामजी लामिछाने — ‘मोहर’

जुरी अवार्ड

  • अभिनेता: सौगात मल्ल — ‘सिटामोल’
  • निर्देशक: सुदीप्ता अधिकारी — ‘रमिताको पिरती’
  • चलचित्र: ‘गुन्यु चोलो’ — समुन्द्र भट्ट

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

‘तिनीहरू: इलिफेन्ट इन द फग’ टोलीले काठमाडौंमा विशेष प्रस्तुति दिए

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

‘मास्टर्नी’ हेर्ने दर्शकलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर

‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, प्रेम र विवाहबीचको द्वन्द्वमा केन्द्रित कथा

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा

लोकभाकाका गायक प्रकाश दुतराज अब ‘लोक ब्याण्ड’ लिएर देश दौडने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu