ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य मन्त्री मेहताद्वारा सप्तरीमा प्रतिष्ठानको जग्गा र अस्पताल निरीक्षणको निरीक्षण गरिन्


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ६ : ०५   बजे

सप्तरी । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी छन् ।

अवलोकनका क्रममा मन्त्री मेहताले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, प्रस्तावित जग्गाको अवस्था र आगामी प्रक्रियाबारे जानकारी लिइन् ।

मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको बताउँदै प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको बताइन् । प्रतिष्ठान निर्माण भएपछि सप्तरी तथा आसपासका नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने उनको अपेक्षा छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

मन्त्री मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको समेत निरीक्षण गरेकी छन् । उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार र जनशक्तिको अवस्थाबारे जानकारी लिइन् ।

अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्ति व्यवस्थापनमा मन्त्रालयले समन्वय गर्ने उनले बताइन् ।

भदौभित्र अस्पताल हस्तान्तरण गर्न आग्रह

मन्त्री मेहताले गजेन्द्रनारायण सिंह अस्पतालको हस्तान्तरण प्रक्रिया भदौ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् ।

अस्पताल हस्तान्तरणपछि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्ने र सेवा विस्तारमा मन्त्रालयले सहजीकरण गर्ने उनले बताइन् ।

स्थानीय नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन संघ, प्रदेश र सम्बन्धित निकायबीच समन्वय गरी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरिने मन्त्री मेहताको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाम आन्दोलनको गम्भीर समीक्षा गरौँ : शक्तिबहादुर बस्नेत

पूर्वाधारमन्त्री लम्सालसहित भ्रमण टोलीलाई भाइरल ज्वरो

सम्बन्धित

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

नयाँ विद्युत् विधेयकमा निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन इप्पानको माग

पोखरा–५ मा अवैध घरेलु मदिराको कच्चा पदार्थ बरामद, दुई जना पक्राउ

सरकार प्रचारबाजीमा लाग्दा ग्यास अभाव भयो : ग्यास विक्रेता महासंघ

होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu