ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘तिनीहरू: इलिफेन्ट इन द फग’ टोलीले काठमाडौंमा विशेष प्रस्तुति दिए


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ६ : २५   बजे

काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको नेपाली चलचित्र ‘तिनीहरू : इलिफेन्ट इन द फग’को टोलीले काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी शोमा विशेष प्रस्तुति दिएको छ।

चलचित्रको टोलीले कार्यक्रमको सुरुवात ‘शादी के दिन में (ला ला ला ला)’ गीतमा नृत्य प्रस्तुत गर्दै गरेको थियो। त्यसपछि एनआईयूको स्टलमा पुगेर चलचित्रमा समावेश ‘बलम’ गीतमा नृत्य प्रस्तुत गरेको थियो। कलाकारको प्रस्तुतिमा दर्शक उत्साहित भएर सहभागी भएका थिए।

टोलीले महेन्द्राको स्टलमा समेत प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। उपस्थित दर्शकले चलचित्र प्रदर्शनको प्रतीक्षा गरिरहेको बताएका थिए।

‘तिनीहरू : इलिफेन्ट इन द फग’ कान्स फिल्म फेस्टिभलको यूएन सर्टेन रिगार्ड सेक्सनमा छनोट हुने पहिलो नेपाली फिचर फिल्म हो। चलचित्रले उक्त विधामा जुरी अवार्डसमेत जितेको थियो।

चलचित्रको टोली यसअघि के–पप काठमाडौं डान्स फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी भएको थियो। टोलीले प्रतियोगिताका विजेता तथा सहभागीलाई पुरस्कार प्रदान गर्दै उनीहरूको प्रतिभाको सम्मान गरेको थियो। चलचित्र सो कार्यक्रमको मुभी पार्टनरसमेत रहेको थियो।

यसैगरी, इन्फा अवार्डले चलचित्रको टोलीलाई नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन योगदान पुर्‍याएको भन्दै विशेष सम्मान गरेको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले कान्समा चलचित्रको वर्ल्ड प्रिमियरमा आफू सहभागी भएको स्मरण गर्दै नेपाली फिल्मका लागि यो उपलब्धि गौरवको विषय भएको बताइन्। उनले चलचित्रले कान्समा पाएको आठ मिनेट लामो स्ट्यान्डिङ ओभेसनको समेत चर्चा गर्दै दर्शकलाई चलचित्र हेर्न आग्रह गरिन्।

‘तिनीहरू : इलिफेन्ट इन द फग’ भदौ १९ गतेदेखि नेपालमा प्रदर्शन हुँदैछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना उत्कृष्ट अभिनेत्री

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

‘मास्टर्नी’ हेर्ने दर्शकलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर

‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, प्रेम र विवाहबीचको द्वन्द्वमा केन्द्रित कथा

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा

लोकभाकाका गायक प्रकाश दुतराज अब ‘लोक ब्याण्ड’ लिएर देश दौडने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu