ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘शिक्षा संवाद’मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ६ : ४५   बजे

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सुरु गरेको ‘शिक्षा संवाद’ कार्यक्रममा आफूहरूलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएको छ ।

मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कोशी प्रदेशबाट ‘शिक्षा संवाद’ सुरु गरेको थियो । तर शिक्षकहरूको आधिकारिक संस्था महासंघलाई कार्यक्रममा सहभागी नगराइएको भन्दै महासंघले असन्तुष्टि जनाएको हो ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा शिक्षक–कर्मचारीका समस्या तथा पेसागत आन्दोलनप्रति सरकारको ‘नियत उदाङ्गो’ भएको आरोप लगाइएको छ ।

महासंघले मन्त्रालयको कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सच्याउन माग गरेको छ । आफ्नो माग बेवास्ता गरिए आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत महासंघले दिएको छ ।

शिक्षा ऐन निर्माणमा सहभागिता माग

महासंघले शिक्षा ऐन निर्माण प्रक्रियामा शिक्षक तथा कर्मचारीका प्रतिनिधिमूलक संस्थाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।

शिक्षकहरूको आधिकारिक संस्थालाई नै संवाद कार्यक्रममा सहभागी नगराउनु मन्त्रालयको गम्भीर त्रुटि भएको महासंघको भनाइ छ ।

महासंघले कार्यशैली नसच्याए उत्पन्न हुने जुनसुकै असहज परिस्थितिको जिम्मेवारी मन्त्रालयले नै लिनुपर्ने चेतावनी दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

रचना रिमालको सांगीतिक यात्रा कक्षा ४ को पाठ्यक्रममा समेटियो

विश्वविद्यालयबाट निस्कँदैमा उद्योगमा आवश्यक सबै सीपयुक्त जनशक्ति तयार हुँदैन : देवकोटा

शिक्षा क्षेत्रको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक : मन्त्री खनाल

शिक्षा संवादमा आफूलाई नबोलाएको भन्दै शिक्षक महासंघको आपत्ति

विद्यामन्दिर माविमा नयाँ विद्यार्थीलाई स्वागत

नेतृत्व छाड्न दबाब दिनेहरूलाई ओलीको चेतावनी : ‘मन लाग्दैन भने पार्टी छाडे हुन्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu