नुवाकोट । सूर्यगढी गाउँपालिका–२ स्थित रातमाटेमा गएको पहिरोका कारण सडक यातायात अवरुद्ध भएको छ ।
पहिरोले सूर्यगढीको चोगदे–लच्याङ, मालाभञ्याङ (उर्लेन) हुँदै रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न बस्तीमा हुने आवतजावत प्रभावित भएको छ । सडक अवरुद्ध भएपछि स्थानीयवासीको दैनिक जनजीवनसँगै अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएको छ ।
मनसुनका कारण नुवाकोटका विभिन्न क्षेत्रमा विपद्जन्य घटना र क्षति भएको छ । यसै क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शनिबार र आइतबार जिल्लाका विभिन्न प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले जोखिमपूर्ण क्षेत्र पहिचान गरी तत्काल आवश्यक राहत तथा उद्धारका काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले भविष्यमा हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक योजना बनाउनसमेत आग्रह गरेका छन् ।
रातमाटेमा पहिरो गएपछि चोगदे–लच्याङ, मालाभञ्याङ (उर्लेन) र रसुवाको नौकुण्ड गाउँपालिकातर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको बताइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्