ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ नजिक, पश्चिममा दूरी


ABC NEWS
१ भदौ २०८३, सोमबार   १० : ४५   बजे

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको पूर्वतर्फ थोरै नजिकिएको छ भने पश्चिमतर्फ तुलनात्मक रूपमा थोरै टाढिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। आइतबार साँझसम्म ‘हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ’ उल्लेख गरेको महाशाखाले आज सोमबार बिहान ‘हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तर रहेको छ’ भनेको हो।

मौसम महाशाखाका मौसमविद् डेभिड ढकालले हाल मनसुनको न्यूनचापीय रेखा यसअघि पश्चिमतर्फ मात्र नजिक देखिएकामा अहिले समग्र नेपाल अर्थात् पूर्वतर्फ पनि नजिक आएको बताए। ‘मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमतर्फ हिजोअस्तिको तुलनामा नगण्य मात्रामा टाढा भएको हो भने पूर्वतर्फ चाहिँ थोरै नजिकिएको हो’, उनले भने, ‘तर पूर्वतर्फ त्यस्तो धेरै वर्षा हुने गरी न्यूनचापीय रेखा नजिकिएको होइन। वर्षा त अझै पनि पश्चिमतर्फ नै बढी हुने सम्भावना छ।’

आजको मौसम पूर्वानुमान

मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका समेत एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँ उपत्यकामा दिउँसो वर्षा हुने सम्भावना छ। ‘अहिले पनि काठमाडौँ उपत्यकाको मौसम बदली छ तर तत्काल वर्षाको सम्भावना कम छ’, उनले आज बिहान ६:२० बजे नेपालखबरसँग भने, ‘दिउँसो १/२ बजेपछि मध्यम वर्षाको सम्भावना देखिएको छ। वर्षाको अझ बढी सम्भावना साँझपख देखिएको छ।’ त्यसअघि काठमाडौँ उपत्यकाको मौसम घाम-बादल रहने सम्भावना रहेको उनले बताए। यद्यपि घाम त्यति धेरै देखिने सम्भावना देखिएको छैन।

वर्षाको वर्गीकरण

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ। यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ भन्ने बारेमा मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो। अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ। यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ। अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मनसुनको अवस्था

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा हाल उत्तरतिर रहेको र पूर्वतर्फ नजिकिएको जानकारी दिएको छ। यसले गर्दा केही प्रदेशमा वर्षाको सम्भावना बढेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा मन्त्रिपरिषद् विस्तार रोकियो, नेकपाभित्रै मन्त्रीका आकाङ्क्षी धेरै

पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं लगियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Cardamom Farmers in Taplejung See Strong Start to Harvest Season

Indonesia Earthquake Death Toll Climbs to 51 as Rescue Efforts Continue

कोशीमा मन्त्रिपरिषद् विस्तार रोकियो, नेकपाभित्रै मन्त्रीका आकाङ्क्षी धेरै

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँ

बद्री र हेमन्ताको ‘पति परमेश्वर’ सार्वजनिक

पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu