ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा स्वदेश फर्किएसँगै राजसंस्था र हिन्दुत्वको बहसले पायो नयाँ गति


ABC NEWS
१ भदौ २०८३, सोमबार   १२ : २५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएको तीन दिनमै राजनीतिक रूपमा सक्रिय देखिएका छन्। लामो समय विदेशमा स्वास्थ्य उपचार तथा आराममा रहेका देउवा नेपाल फर्किएपछि विमानस्थलदेखि पार्टीका कार्यक्रममा दिएका अभिव्यक्तिले कांग्रेसभित्र मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सुरु भएको छ।

नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभेच्छुकबाट स्वागत ग्रहण गरेका देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेर समर्थकलाई सम्बोधन गरेका थिए। त्यसपछि कांग्रेसको राष्ट्रिय भेलाको उद्घाटन तथा समापन समारोहमा समेत उनी सक्रिय रूपमा सहभागी भए।

देउवाका पछिल्ला अभिव्यक्तिमा राजसंस्था, गणतन्त्र र सनातन धर्मको विषय विशेष रूपमा उठेको छ। विगतमा राजसंस्थाप्रति फरक–फरक धारणा राख्दै आएका देउवाले अहिले भने पूर्वराजा ज्ञानेन्द्र शाह र राजसंस्थासँग जोडिएका विषयलाई सार्वजनिक बहसमा ल्याएका छन्।

२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट प्रधानमन्त्री नियुक्त हुँदा देउवाले ‘गोर्खाली राजाबाट न्याय पाएँ’ भनेका थिए। तर पछि राजाबाटै अपदस्थ भएपछि उनको धारणा बदलिएको थियो। २०६२/६३ को जनआन्दोलनपछि पनि देउवाले राजाबाट धोका हुन सक्ने बताउँदै आएका थिए।

पछिल्लो समय भने राजनीतिक परिस्थिति फेरिएको छ। मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रका गतिविधि र राजसंस्थाको पुनःस्थापनाको माग विभिन्न समूहबाट उठिरहेको छ। यही पृष्ठभूमिमा देउवाले नेपाल फर्किएपछि राजसंस्थासँग जोडिएका विषयमा दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

चुनदेवीस्थित कार्यालयमा देउवाले सरकारसँग डराउनुपर्ने अवस्था नरहेको आशय व्यक्त गर्दै अहिलेका शासकहरूले राजाले गर्न नसकेको काम गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठाएका थिए। आफूविरुद्ध भइरहेका सम्भावित छानबिन तथा राजनीतिक दबाबको सन्दर्भमा उनको यस्तो अभिव्यक्ति आएको विश्लेषण गरिएको छ।

त्यसैगरी देउवाले राष्ट्रिय एकता मजबुत बनाउन सर्वपक्षीय राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्। उनको यो अभिव्यक्तिले मुलुकको बदलिँदो राजनीतिक परिवेशमा विभिन्न राजनीतिक धारलाई समेट्ने सम्भावित नयाँ बहसतर्फ संकेत गरेको देखिन्छ।

कांग्रेसको देउवा पक्षको राष्ट्रिय भेलाले पनि सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। समापन समारोहमा देउवाले आफू हिन्दु भएको विषयलाई समेत पटक–पटक उल्लेख गरे। यसले कांग्रेसभित्र लामो समयदेखि बहसमा रहेको हिन्दु राष्ट्रको मुद्दालाई फेरि सतहमा ल्याएको छ।

राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा देउवाले राजा ज्ञानेन्द्रले सरकारको हुकुम माने पनि प्रजातन्त्रको विपक्षमा नजाने बताएको विगतको प्रसङ्ग स्मरण गरे। उनले गणतन्त्र जनताले ल्याएको भए पनि गणतन्त्र स्थापनामा राजाको समेत योगदान रहेको धारणा व्यक्त गरे।

यसअघि कांग्रेसको महासमिति बैठकमा समेत हिन्दु राष्ट्रको पक्षमा उल्लेख्य संख्यामा केन्द्रीय सदस्य तथा महासमिति सदस्यले हस्ताक्षर गरेका थिए। यद्यपि पार्टी नेतृत्वले त्यसलाई औपचारिक राजनीतिक एजेण्डाका रूपमा अघि बढाएको थिएन।

देउवाका पछिल्ला अभिव्यक्तिले भने कांग्रेसभित्रको हिन्दुत्वसम्बन्धी बहसलाई नयाँ दिशा दिन सक्ने संकेत गरेको छ। कांग्रेस नेता लोकेश ढकालले देउवाका अभिव्यक्तिलाई ‘कोर्स करेक्सन’को संकेतका रूपमा व्याख्या गर्दै सनातन धर्मसम्बन्धी सम्मेलनको निर्णयलाई हिन्दु राष्ट्रको बहसतर्फको कदमका रूपमा लिएका छन्।

नेपालको राजनीतिमा नयाँ पुस्ताको असन्तुष्टि, परम्परागत दलप्रतिको अविश्वास र राजसंस्था तथा हिन्दु राष्ट्रको माग पुनः उठिरहेको अवस्थामा देउवाको पछिल्लो सक्रियता अर्थपूर्ण बनेको छ।

यद्यपि देउवाले स्पष्ट रूपमा राजसंस्था पुनःस्थापना वा हिन्दु राष्ट्रको पक्षमा औपचारिक राजनीतिक प्रस्ताव अघि सारेका छैनन्। तर गणतन्त्र, राजसंस्था र सनातन धर्मबारे उनले सार्वजनिक रूपमा व्यक्त गरेका धारणाले कांग्रेसको आगामी राजनीतिक दिशाबारे भने नयाँ बहस सुरु गराएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

गृहमन्त्री गुरुङद्वारा बूढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय निरीक्षण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Social Security Crisis Rooted in Income Inequality, Not Demographics

Remembering Ward Churchill: Activist Scholar Who Challenged Power

सङ्घीय संसद्को बैठक सुरु, विभिन्न विधेयकमाथि छलफल हुँदै (प्रत्यक्ष प्रसारण)

Texas State University Student Forced To Withdraw After Protesting White Supremacy

Report Alleges Trump Earned $1.1 Million Per Hour During 2025

Poetic Protest Decries American History of Violence

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu