ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा पक्षको राष्ट्रिय सम्मेलन : यथाशीघ्र १५औँ महाधिवेशन गर्न माग


ABC NEWS
१ भदौ २०८३, सोमबार   १२ : २५   बजे

काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षको राष्ट्रिय सम्मेलनले पार्टीभित्रको विवाद समाधान गर्दै यथाशीघ्र १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ।

साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजित सम्मेलनले पार्टीको आन्तरिक एकता, लोकतन्त्रको सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित २० बुँदे निष्कर्ष तथा निर्देशन सार्वजनिक गरेको हो।

सम्मेलनले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको विषयलाई सकारात्मक रूपमा लिँदै न्याय प्राप्तिको पुनः अवसर खुलेको जनाएको छ। साउन २१ गते सर्वोच्च अदालतले मुद्दाको सुरुदेखिकै सुनुवाइ गर्न अनुमति दिएको अवस्थामा वैधानिक नेतृत्वले न्यायिक प्रक्रियाबाट पार्टीको आधिकारिकता प्राप्त गर्ने विश्वास सम्मेलनले व्यक्त गरेको छ।

सम्मेलनले कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्नुका कारणको समेत समीक्षा गरेको छ। तत्कालीन महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यताको नामावली तोकिएको समयमा केन्द्रीय कार्यसमितिमा नबुझाएको, प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारी गर्नुपरेको तथा पार्टीका विभिन्न कार्यालय र अभिलेख आगजनीबाट क्षति पुगेको लगायतका कारणले महाधिवेशन प्रभावित भएको सम्मेलनको निष्कर्ष छ।

विशेष परिस्थितिमा महाधिवेशनको अवधि एक वर्षसम्म थप गर्न सकिने वैधानिक व्यवस्था हुँदाहुँदै पनि विशेष महाधिवेशनका नाममा संगठनात्मक र भावनात्मक विभाजन सिर्जना गरिएको सम्मेलनले आरोप लगाएको छ। त्यसकै परिणामस्वरूप प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको दाबीसमेत गरिएको छ।

सम्मेलनले शेरबहादुर देउवाको नेतृत्वमा पार्टीभित्र बृहत् एकता कायम गर्दै १५औँ महाधिवेशन सम्पन्न गर्नु नै उपयुक्त निकास हुने ठहर गरेको छ। महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने अधिकार पार्टी सभापति देउवालाई प्रदान गरिएको छ।

त्यस्तै, केन्द्रीय कार्यसमितिलाई महाधिवेशनसम्म पार्टीका वैधानिक तथा राजनीतिक गतिविधि निरन्तर सञ्चालन गर्दै महाधिवेशनको तयारी अघि बढाउन निर्देशन दिइएको छ। महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको संयोजकत्वलाई निरन्तरता दिँदै विधानअनुसार केन्द्रीय कार्यसमिति पुनर्गठन गर्न पनि निर्देशन दिइएको छ।

राष्ट्रिय सम्मेलनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति समेत चिन्ता व्यक्त गरेको छ। राष्ट्रिय एकता, सार्वभौमिकता, लोकतन्त्र, नागरिक स्वतन्त्रता तथा अधिकारमा चुनौती बढिरहेको भन्दै कांग्रेसले मुलुकलाई बलियो र एकताबद्ध बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरेको छ।

राष्ट्रिय हितका साझा विषयमा सबै राजनीतिक शक्तिबीच संवाद, सहमति र सहकार्य आवश्यक रहेको सम्मेलनले जनाएको छ। छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई समयानुकूल र सुमधुर बनाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको छ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक नेपालको विविधतालाई सम्मान गर्दै सबै धर्म तथा समुदायलाई आफ्नो धर्म र संस्कृतिको संरक्षण एवं अभ्यास गर्ने स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने सम्मेलनको निष्कर्ष छ।

किसान, सहकारी बचतकर्ता, मिटरब्याज तथा लघुवित्त पीडितले अझै न्याय पाउन नसकेको भन्दै सम्मेलनले सरकारको ध्यानाकर्षण गराएको छ। एलपी ग्यास तथा रासायनिक मलको अभावले नागरिक र किसानले सास्ती भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरिएको छ।

सम्मेलनले प्रेस स्वतन्त्रता, नागरिक अधिकार, न्याय, समानता, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ। धार्मिक, सामाजिक, जातीय, क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध निरन्तर अभियान सञ्चालन गर्ने घोषणा गर्दै देउवा पक्षको राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

गृहमन्त्री गुरुङद्वारा बूढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय निरीक्षण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Social Security Crisis Rooted in Income Inequality, Not Demographics

Remembering Ward Churchill: Activist Scholar Who Challenged Power

सङ्घीय संसद्को बैठक सुरु, विभिन्न विधेयकमाथि छलफल हुँदै (प्रत्यक्ष प्रसारण)

Texas State University Student Forced To Withdraw After Protesting White Supremacy

Report Alleges Trump Earned $1.1 Million Per Hour During 2025

Poetic Protest Decries American History of Violence

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu