ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वरिष्ठ संगीतकार सुरेश सेन्चुरी अस्ट्रेलियामा सम्मानित


ABC NEWS
१ भदौ २०८३, सोमबार   १२ : २५   बजे

अस्ट्रेलिया । वरिष्ठ संगीतकार तथा संगीत प्रशिक्षक सुरेश सेन्चुरीलाई अस्ट्रेलियामा सम्मान गरिएको छ। रुपन्देहीमा बागेश्वरी संगीतालय तथा हाल रागश्री संगीतालयमार्फत सयौँ कलाकार उत्पादन गर्दै नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याएका सेन्चुरीलाई सिड्नीमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो।

सन् २०१५ मा सिड्नीमा स्थापित रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले आयोजना गरेको तीज विशेष कार्यक्रम ‘तीज धमाका नाइट २०२६’ का अवसरमा सेन्चुरीलाई सम्मान गरिएको हो। अगस्ट १५ मा ग्र्याण्ड प्यालेस, अबर्नमा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा चर्चित पप तथा आधुनिक गायक प्रताप दास र लोकदोहोरी गायिका तथा प्रस्तोता मञ्जु पौडेलले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा करिब ३०० भन्दा बढी दर्शक तथा श्रोताको सहभागिता रहेको आयोजकले जनाएको छ। डीजे सुरेनको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

तीन दशकभन्दा बढी समयदेखि नेपाली संगीत, संगीत शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय सेन्चुरीलाई संस्थाकी अध्यक्ष रञ्जित भण्डारी, एनआरएनए एनएसडब्ल्यु संयोजक उषा किरण बारिया पोख्रेल तथा समाजसेवी विष्णु हमालले संयुक्त रूपमा सम्मान गरेका थिए।

सेन्चुरीको सांगीतिक यात्रा विसं २०४६ बाट जनचेतनामूलक गीत–संगीत तथा सांस्कृतिक कार्यक्रममार्फत सुरु भएको हो। भारतको प्रयाग संगीत समिति, इलाहाबादबाट उनले छ वर्षे ‘संगीत प्रभाकर’ अध्ययन पूरा गरेका छन्। सन् १९९५ मा प्रकट ब्यान्डका संस्थापक सदस्य बनेका उनले १९९६ मा ‘प्रकट एल्बम–१’ मार्फत व्यापक चर्चा पाएका थिए।

सन् १९९९ मा स्थापित बागेश्वरी संगीतालयमार्फत पश्चिम नेपालमा हजारौँ विद्यार्थीलाई संगीत शिक्षा प्रदान गरेका सेन्चुरीले थुप्रै राष्ट्रियस्तरका कलाकार उत्पादन गरेका छन्। उनले ३० भन्दा बढी गीतमा स्वर तथा ५०० भन्दा बढी गीतमा संगीत सिर्जना गरेको बताइएको छ।

उनका चर्चित एल्बममा ‘शुभेच्छा’, ‘सृजना’, ‘बैमानी’, ‘द पल्स’, ‘नानी’ र ‘मेरो हजुर’ लगायत छन्। चलचित्रतर्फ ‘लन्डन नेपाली’, ‘पागल प्रेम’, ‘तिम्रो मायामा’, ‘कैदीको पत्र’ र ‘ढाक्रे दाइ’ लगायतमा उनले संगीत निर्देशन गरेका छन्।

सेन्चुरीले तिलोत्तमा, बुटवल उपमहानगरपालिका, गैडहवा र शुद्धोधन गाउँपालिकाका गान तथा वातावरण संरक्षणसम्बन्धी चेतनामूलक गीतसमेत सिर्जना गरेका छन्। उनले संगीत शिक्षासम्बन्धी पाठ्यक्रम तथा पुस्तक लेखनमा समेत योगदान दिएका छन्।

उनले नेपाल तथा भारतका विभिन्न चर्चित कलाकारसँग सहकार्य गरेका छन्। उनका शिष्य तेरिया फौन्जा मगरले ‘डान्स इन्डिया डान्स लिटल मास्टर’ सिजन ३ को उपाधि जितेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकी थिइन्।

संगीत, शिक्षा र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि सेन्चुरी यसअघि पनि विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित हुँदै आएका छन्। सिड्नीमा गरिएको सम्मानले उनको दीर्घकालीन सांगीतिक योगदानको उच्च कदर गरेको आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

गृहमन्त्री गुरुङद्वारा बूढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय निरीक्षण

सम्बन्धित

बक्सअफिसमा ‘गौँथली’को दबदबा, २३ करोड ५५ लाख कमाइ

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

बद्री र हेमन्ताको ‘पति परमेश्वर’ सार्वजनिक

‘तिनीहरू: इलिफेन्ट इन द फग’ टोलीले काठमाडौंमा विशेष प्रस्तुति दिए

इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना उत्कृष्ट अभिनेत्री

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu