ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार वर्षाले ९ सडकखण्ड अवरुद्ध, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह


ABC NEWS
१ भदौ २०८३, सोमबार   १२ : ५५   बजे

काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, सडक भासिने तथा नदी कटानका कारण नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले सोमबार जारी गरेको सूचनाअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सो स्थानमा भने वैकल्पिक बाटो उपलब्ध रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारीमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको छ। सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि उक्त सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि यातायात ठप्प भएको छ।

त्यस्तै, रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डले जाजरकोटलाई डोल्पासँग जोड्छ।

सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–३ सिरेकडाँडामा करिब १० मिटर सडक भासिएपछि यातायात बन्द भएको छ। वर्षाका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डमा समेत सडक भासिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा सडक माथिबाट पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।

म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुक्सेमा पनि ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यात्रुलाई सावधानी अपनाउन आग्रह

लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा पहिरो, सडक भासिने र नदी कटानको जोखिम बढेको भन्दै प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

प्रहरीले जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन तथा सम्भावित जोखिम देखिएमा यात्रा नगर्नसमेत अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

सम्बन्धित

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ग्यास अभावबारे सांसद मेचेको प्रश्न– ‘नाकाबन्दी छैन, आपूर्ति व्यवस्थापन किन भएन?’

ग्यास नपाउँदा सांसद कर्णको घरमै चुलो बलेन, सरकारसँग मागे जवाफ

सङ्घीय संसद्को बैठक सुरु, विभिन्न विधेयकमाथि छलफल हुँदै (प्रत्यक्ष प्रसारण)

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतले दियो अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu