काठमाडौँ । तारकेश्वर नगरपालिका–१० मनमैजुबाट सोमबार ड्रोन क्यामराले खिचिएको काठमाडौँ उपत्यकाको घना बस्तीको दृश्य सार्वजनिक भएको छ।
मनमैजु क्षेत्रबाट खिचिएको उक्त तस्बिरमा काठमाडौँका बाक्लो बस्ती तथा आसपासका शहरी संरचना देखिएका छन्। तस्बिर हरिराम भेटुवालले खिचेका हुन्।
राष्ट्रिय समाचार समिति (रासस) ले उक्त तस्बिर सार्वजनिक गरेको हो। ड्रोन क्यामराको प्रयोगबाट काठमाडौँको शहरी विस्तार र घना बस्तीको दृश्यलाई माथिबाट नियाल्न सकिने भएको छ।
तस्बिरले काठमाडौँ उपत्यकामा बढ्दो शहरीकरण, बाक्लिँदै गएको बस्ती र सीमित भूगोलमा फैलिएको आवासीय संरचनाको अवस्था झल्काएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्