काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले देशव्यापी रूपमा बाढीपहिरोबाट जनधनको ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ उहाँले आफ्नो निर्वाचन क्षेत्र रोल्पामा पछिल्लो २ सातामा बाढीपहिरो र चट्याङबाट २२ जनाले ज्यान गुमाएको जानकारी दिँदै मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका छन्।
सांसद पुनले भने, ‘मनसुन सुरु भएसँगै देशव्यापी रूपमा बाढीपहिरो जस्ता विपद्का घटनाहरू बढिरहेका छन्। गएको २ सातामा रोल्पामा २१ जनाको बाढीपहिरो र १ जनाको चट्याङबाट मृत्यु भएको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुहोस्, विस्थापित भएकाहरूको पुनर्स्थापना गर्नुहोस्’ भन्दै सरकारको ध्यानाकर्षण गराए।
उहाँले यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर पनि ध्यानाकर्षण गराएको बताए। बाढी, पहिरो जस्ता विपद्बाट जनतालाई जोगाउन पूर्वतयारीमा ध्यान दिन, उद्धार र बेपत्ताको खोजी गर्न सम्पूर्ण संयन्त्र परिचालन गर्न पनि उनले सरकारलाई आग्रह गरेका छन्। पहिरो प्रदावित क्षेत्रमा खानेपानी तथा सडक निर्माण तुरुन्तै गर्नुपर्ने पनि उनको भनाइ थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्