ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३५ वर्षमा नेपालमा केही भएन भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : सांसद दंगाल


ABC NEWS
१ भदौ २०८३, सोमबार   ३ : २५   बजे

काठमाडौं । राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले पछिल्लो ३५ वर्षमा नेपालमा कुनै उल्लेखनीय प्रगति नभएको भन्ने भाष्य तथ्य र तथ्यांकसँग मेल नखाने बताएका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद दंगालले ‘३५ वर्षमा केही भएन’ भन्ने धारणा तथ्यांकका आधारमा गलत रहेको दाबी गरे। उनले प्रश्न गरे, “केही भएन भन्ने भाष्य निर्माण गर्न खोजेर दुष्प्रचार भइरहेको छ । के त्यस्तै हो ? आजको नेपाल र ३५ वर्षअघिको नेपालजस्तै छ ?”

उनले २०४७ सालको तुलनामा नेपालको आर्थिक अवस्था, प्रतिव्यक्ति आय, बजेट र गरिबीको दरमा उल्लेखनीय परिवर्तन आएको बताए।

जीडीपी १ खर्ब २० अर्बबाट ६६ खर्ब

दंगालका अनुसार २०४७ सालतिर नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) करिब १ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा अहिले करिब ६६ खर्ब रुपैयाँ पुगेको छ।

त्यस्तै, २०४७ सालमा नेपालको आर्थिक वृद्धिदर करिब ३.५ प्रतिशत रहेको र पछिल्लो दुई दशकमा औसत आर्थिक वृद्धि करिब ४ प्रतिशतको हाराहारीमा रहेको उनले बताए। आर्थिक वर्ष २०७३/७४ मा ८.६ प्रतिशत र २०७४/७५ मा ७.४ प्रतिशत आर्थिक वृद्धि भएको तथ्यांक पनि उनले प्रस्तुत गरे।

प्रतिव्यक्ति आय १८५ डलरबाट १ हजार ५३५ डलर

दंगालले २०४७ सालमा नेपालको प्रतिव्यक्ति आय करिब १८५ अमेरिकी डलर रहेकोमा अहिले बढेर करिब १ हजार ५३५ अमेरिकी डलर पुगेको बताए।

उनले यसलाई मुलुकको आर्थिक विस्तारको महत्वपूर्ण सूचकका रूपमा प्रस्तुत गर्दै विगत ३५ वर्षमा कुनै परिवर्तन नभएको दाबी तथ्यगत रूपमा सही नहुने बताए।

बजेटको आकार पनि बढ्यो

उनका अनुसार २०४७ सालतिर नेपालको वार्षिक बजेट करिब २३ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा अहिले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

बजेटको आकारमा आएको विस्तारलाई उल्लेख गर्दै दंगालले व्यंग्यात्मक रूपमा भने, “त्यो पनि भएकै होला, हैन ?”

चरम गरिबी घटेको दाबी

दंगालले गरिबी न्यूनीकरणलाई पनि नेपालको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे। विश्व बैंकको प्रतिदिन २.१५ अमेरिकी डलरभन्दा कम आम्दानीको मापदण्ड उल्लेख गर्दै उनले २०४७ सालमा करिब ५५ प्रतिशत रहेको चरम गरिबी अहिले ०.३७ प्रतिशत मा झरेको दाबी गरे।

उनले सडक, विद्युत्, सञ्चार, शिक्षा, स्वास्थ्य, बैंकिङ पहुँच तथा प्रविधिलगायत क्षेत्रमा समेत उल्लेखनीय परिवर्तन भएको बताए।

‘उपलब्धिको मूल्यांकन तथ्यांकबाट हुनुपर्छ’

दंगालले सरकारका कमजोरी, बेरोजगारी, भ्रष्टाचार र सेवा प्रवाहका विषयमा प्रश्न उठाउन सकिने भए पनि विगत ३५ वर्षमा कुनै प्रगति नै नभएको निष्कर्ष निकाल्नु उचित नहुने बताए।

उनको भनाइमा राजनीतिक असन्तुष्टि र आलोचना आफ्नै ठाउँमा भए पनि नेपालको विकास यात्राको मूल्यांकन तथ्यांक, उपलब्धि र कमजोरी तीनै पक्षलाई आधार बनाएर गरिनुपर्छ।

“आजको नेपाल र ३५ वर्षअघिको नेपाल एउटै होइन,” भन्ने उनको तर्क थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव ल्याउन ढिलाइप्रति रास्वपा सांसदको आक्रोश

प्रतिनिधिसभाबाट खानी तथा खनिज पदार्थ विधेयक बहुमतले स्वीकृत

सम्बन्धित

शिक्षा सुधारमा नेपाल–ईयू सहकार्य विस्तार गर्ने तयारी

रोल्पा पहिरो पीडितको उद्धारमा सरकारको संवेदनशीलता खोइ ? सांसद गैरेको प्रश्न

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल

नेपाल–भारत सीमा नक्साङ्कन तीन वर्षभित्र सक्ने सहमति, कार्यान्वयनमा विगतकै चुनौती दोहोरिने जोखिम

विद्युत् प्राधिकरणका कर्मचारीलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता

ग्यास अभावबारे सांसद देवकोटाको प्रश्न : ‘अभाव हो भने सरकारलाई असर किन देखिएन?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu