ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ जेलमा प्रहरीको खानतलासी, कैदीबन्दीद्वारा विरोध


ABC NEWS
१ भदौ २०८३, सोमबार   १ : ३५   बजे

विराटनगर । जिल्ला कारागार मोरङमा बिहीबार बिहानैदेखि खानतलासी सुरु भएपछि कैदीबन्दीले विरोध प्रदर्शन गरेका छन् ।

कारागारको बी ब्लकमा बिहान करिब ४ः३० बजेदेखि सुरक्षाकर्मीले खानतलासी सुरु गरेका हुन् । कारागारभित्र लागुऔषधलगायत अवैध वस्तु राखिएको विशेष सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

खानतलासीका लागि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी बिहानै कारागार पुगेका थिए ।

नियमित खानतलासी भएको प्रहरीको दाबी

मोरङ प्रहरी प्रमुख एसपी कटवालले कारागारमा गरिएको खानतलासी नियमित प्रक्रियाअन्तर्गत भएको बताएका छन् ।

उनका अनुसार कारागारमा बेला–बेला सुरक्षा जाँच तथा खानतलासी हुँदै आएको र अहिले पनि त्यसैलाई निरन्तरता दिइएको हो ।

स्थानान्तरणको तयारीप्रति कैदीबन्दीको विरोध

खानतलासीसँगै बी ब्लकका कैदीबन्दीले भने विरोध जनाएका छन् । खानतलासीपछि आफूहरूलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको बुझेपछि उनीहरू प्रदर्शन र नाराबाजीमा उत्रिएको बताइएको छ ।

विरोधमा कैदीबन्दीले कारागार परिसरभित्रै आगोसमेत बालेर प्रदर्शन गरेका छन् । सुरक्षा निकायले स्थिति नियन्त्रणमा राख्दै खानतलासीको काम अघि बढाइरहेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरो पीडितको उद्धार र पुनर्स्थापनामा ध्यान दिन सांसद वर्षमानले सरकारलाई ध्यानाकर्षण गराए

गगन–देउवा दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

सम्बन्धित

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल

नेपाल–भारत सीमा नक्साङ्कन तीन वर्षभित्र सक्ने सहमति, कार्यान्वयनमा विगतकै चुनौती दोहोरिने जोखिम

विद्युत् प्राधिकरणका कर्मचारीलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता

ग्यास अभावबारे सांसद देवकोटाको प्रश्न : ‘अभाव हो भने सरकारलाई असर किन देखिएन?’

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu