ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतले दियो अनुमति


ABC NEWS
१ भदौ २०८३, सोमबार   १ : ३५   बजे

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

श्रेष्ठलाई प्रहरीले सोमबार जिल्ला अदालतमा उपस्थित गराउँदै थप अनुसन्धानका लागि म्याद मागेको थियो । यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले पुनः म्याद मागेपछि अदालतले थप चार दिनको अनुमति दिएको हो ।

श्रेष्ठलाई प्रहरीले साउन २७ गते पक्राउ गरेको थियो । उनीविरुद्ध वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनी महाराजगञ्ज प्रहरीको हिरासतमा छन् ।

सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले उनको थुनामुक्तिको माग गर्दै साउन २९ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

उक्त रिटमा सर्वोच्च अदालतले श्रेष्ठलाई उनीसँग बरामद सामग्रीसहित सोमबार उपस्थित गराउन आदेश दिएको थियो । रिटमाथि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको छ ।

जिल्ला अदालतबाट थप चार दिनको म्याद पाएपछि श्रेष्ठमाथिको प्रहरी अनुसन्धान भने जारी रहने भएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरो पीडितको उद्धार र पुनर्स्थापनामा ध्यान दिन सांसद वर्षमानले सरकारलाई ध्यानाकर्षण गराए

गगन–देउवा दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

सम्बन्धित

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल

नेपाल–भारत सीमा नक्साङ्कन तीन वर्षभित्र सक्ने सहमति, कार्यान्वयनमा विगतकै चुनौती दोहोरिने जोखिम

विद्युत् प्राधिकरणका कर्मचारीलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता

ग्यास अभावबारे सांसद देवकोटाको प्रश्न : ‘अभाव हो भने सरकारलाई असर किन देखिएन?’

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu