ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल


ABC NEWS
१ भदौ २०८३, सोमबार   २ : ४५   बजे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण कोरियाबाट फर्किएका नेपाली कामदार तथा रिटर्नी उद्यमीहरूको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधारबनाउनुपर्ने बताएका छन्।

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै ढकालले कोरियामा काम गरेर फर्किएका नेपाली युवाले हासिल गरेको सीप र कार्यअनुभवलाई स्वदेशमै उद्यम तथा उत्पादनसँग जोड्न सके मुलुकको औद्योगिक विकासमा ठूलो योगदान पुग्ने बताए।

उनले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक र सांस्कृतिक सम्बन्धमा मात्र सीमित नभई आर्थिक तथा व्यावसायिक साझेदारीको महत्वपूर्ण आधार बनेको बताए।

ढकालले करिब ६ दशकअघि गरिबीको अवस्थामा रहेको दक्षिण कोरिया छोटो समयमै औद्योगिक तथा निर्यातमुखी अर्थतन्त्रका रूपमा स्थापित भएको उदाहरण नेपालका लागि महत्वपूर्ण रहेको बताए।

उनका अनुसार कोरियाको विकास यात्राबाट नेपालले अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको प्रयोग, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको प्रभावकारी समन्वय जस्ता विषयमा सिक्न सक्छ।

कोरियामा काम गरेर फर्किएका नेपालीले त्यहाँ सिकेको कार्यसंस्कृति र उत्पादकत्वलाई नेपालका उद्योग तथा व्यवसायमा प्रयोग गर्न सके नेपाली उद्योगको स्वरूपमै परिवर्तन ल्याउन सकिने उनको भनाइ छ।

जलविद्युतदेखि सूचना प्रविधिसम्म लगानीको अवसर

ढकालले नेपालमा जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक उद्योगमा लगानीको ठूलो सम्भावना रहेको बताए।

भारत र चीनजस्ता ठूला बजारसँग नेपालको भौगोलिक निकटता तथा लगानी वातावरणमा भइरहेको सुधारले नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्ने अवसर सिर्जना गरेको उनको भनाइ छ।

त्यसका लागि लगानीमैत्री नीति, प्रक्रियागत सहजता र एकद्वार सेवा प्रभावकारी बनाउन सरकारसँग निजी क्षेत्रले निरन्तर संवाद गरिरहेको उनले बताए।

देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेडस्थापना गरिएको ढकालले जानकारी दिए।

उनका अनुसार स्वदेश फर्किएर नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीलाई कम्पनीले लगानी साझेदार बन्न सक्नेछ। सानो पुँजी भएका व्यक्तिले समेत नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत लगानी गर्न सक्ने व्यवस्था रहेको उनले बताए।

ढकालले विदेशमा कमाएको पुँजीलाई केवल व्यक्तिगत उपभोगमा सीमित नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

कानुनी र प्रक्रियागत अवरोध हटाउनुपर्ने

रिटर्नी उद्यमीहरूसँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको औद्योगिक क्षेत्रका लागि महत्वपूर्ण सम्पत्ति भएको ढकालले बताए।

तर स्वदेशमा व्यवसाय तथा उद्योग स्थापना गर्ने क्रममा देखिने कानुनी, प्रशासनिक र प्रक्रियागत झन्झटले लगानी निरुत्साहित गर्न सक्ने भन्दै उनले त्यस्ता अवरोध हटाउन सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच नियमित संवाद आवश्यक रहेको बताए।

उनले रिटर्नी उद्यमीको सीप र पुँजीलाई उत्पादनसँग जोड्न सके यसबाट रोजगारी सिर्जना, स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने बताए।

कार्यक्रमको अन्त्यमा ढकालले रिटर्नी उद्यमीहरूको लगानी र सीपले नेपालमा उत्पादन, रोजगारी र समृद्धिको नयाँ आधार निर्माण गर्ने विश्वास व्यक्त गर्दै एफएनसीसीआई तथा आइएमई ग्रुपका तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत, कोरियाली दूतावासका प्रतिनिधि, नेपाल सरकारका अधिकारी, रिटर्नी माइग्रेन्ट तथा उद्यमी–व्यवसायीलगायतको सहभागिता रहेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव ल्याउन ढिलाइप्रति रास्वपा सांसदको आक्रोश

प्रतिनिधिसभाबाट खानी तथा खनिज पदार्थ विधेयक बहुमतले स्वीकृत

सम्बन्धित

शिक्षा, स्वास्थ्य र विद्युतमा कर थोपरेर जनतालाई थप सास्ती दिइयो : सीके राउत

शिक्षा सुधारमा नेपाल–ईयू सहकार्य विस्तार गर्ने तयारी

३५ वर्षमा नेपालमा केही भएन भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : सांसद दंगाल

रोल्पा पहिरो पीडितको उद्धारमा सरकारको संवेदनशीलता खोइ ? सांसद गैरेको प्रश्न

नेपाल–भारत सीमा नक्साङ्कन तीन वर्षभित्र सक्ने सहमति, कार्यान्वयनमा विगतकै चुनौती दोहोरिने जोखिम

विद्युत् प्राधिकरणका कर्मचारीलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu