ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा नयाँ सरकार गठनको तयारी, एमालेभित्रै मुख्यमन्त्रीको दाबीलाई लिएर रस्साकस्सी


ABC NEWS
१ भदौ २०८३, सोमबार   ८ : ४५   बजे

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच नयाँ सरकार गठनका लागि गठबन्धन गर्ने सहमति भए पनि बागमतीमा सत्ता समीकरण भने सहज देखिएको छैन। १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी गठबन्धनसँग ५१ सांसद मात्रै छन्। त्यसैले सरकार गठनका लागि थप दल वा सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ।

दुई दलबीचको भागबन्डाअनुसार बागमतीको मुख्यमन्त्री एमालेले पाउने सहमति भइसकेको छ। तर, मुख्यमन्त्रीको नाम टुंगो लगाउनुअघि एमालेभित्रै संसदीय दलको नेताको विवाद समाधान गर्नुपर्ने अवस्था आएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध १४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ। यससँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको हो।

अविश्वासको प्रस्तावमाथि संसदीय दलमै छलफल गरी आवश्यक निर्णय गर्ने तयारी एमालेले गरेको छ। नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समयसीमा नजिकिँदै गर्दा दलभित्रको विवादले गठबन्धन सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयलाई समेत अन्योलमा पारेको छ।

यही विषय टुंगो लगाउन एमालेले मंगलबार संसदीय दलको बैठक बोलाएको छ। एमाले सांसद तथा पूर्वमन्त्री किरण थापाका अनुसार २५ जना सांसदको उपस्थितिमा छलफल गरेर संसदीय दलको नेताको विषय टुंग्याउने तयारी छ।

तर, नेतृत्व चयनको प्रक्रियाबारे एमालेभित्रै फरक धारणा देखिएको छ। थापाले आपसी छलफलबाटै नेतृत्वको टुंगो लगाउने बताएका छन् भने थपलिया भने आवश्यक परे चुनावी प्रक्रियाबाट निर्णय लिन तयार देखिएका छन्।

थपलिया निकट एक सांसदका अनुसार अविश्वासको प्रस्ताव दर्ता भएकै आधारमा थपलियाले तत्काल राजीनामा नदिने, बरु संसदीय दलभित्र चुनावी प्रक्रिया भए त्यसको परिणाम स्वीकार गर्ने तयारी छ।

एमाले संसदीय दलको नेताका लागि थपलिया र थापाबीच प्रतिस्पर्धा हुने सम्भावना छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका १४ सांसद थापाको पक्षमा देखिएका छन् भने थपलियाको पक्षमा ९ सांसद रहेको र २ जना तटस्थ रहेको बताइएको छ।

एमालेको २५ सदस्यीय संसदीय दलमा नेता चयनका लागि १३ सांसदको समर्थन आवश्यक पर्छ। त्यसैले हालको अंकगणितले थापालाई बलियो अवस्थामा देखाए पनि अन्तिम निर्णय संसदीय दलको बैठकबाटै हुनेछ।

एमाले संसदीय दलको नेता जो चयन हुन्छन्, उनैले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने सम्भावना छ। त्यसैले बागमतीमा नयाँ सरकार गठनको पहिलो निर्णायक चरण एमालेले संसदीय दलको नेता कसलाई चयन गर्छ भन्ने बनेको छ।

सरकार गठनका लागि आवश्यक ५३ सांसदको समर्थन जुटाउनुपर्ने अर्को चुनौती भने गठबन्धनसामु कायमै छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Settler Violence Escalates in West Bank’s Last All-Christian Village

Lavrov Accuses Ukraine of Supporting Terrorism in Sahel Region

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

‘सर्वोच्चको आदेशबाट आत्तिनुपर्ने अवस्था छैन’ : प्रदीप पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu