ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ९ : १५   बजे

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थान आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा नेपालबाट केही टाढा सरेसँगै अघिल्ला दिनको तुलनामा वर्षाको क्रम केही कम हुने देखिएको छ।

मौसमविद्हरूका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक हुँदा वर्षाको गतिविधि बढ्ने र टाढा हुँदा वर्षा केही कम हुने गर्छ। अघिल्लो सोमबार साँझसम्म न्यूनचापीय रेखा देशको पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा उत्तर अर्थात् नेपाल नजिक र पूर्वी क्षेत्रमा सरदर स्थान आसपास रहेको थियो।

महाशाखाका अनुसार मंगलबार बिहान देशभर साधारणतया बदली रहेको छ। सुदूरपश्चिमका केही स्थान तथा कोसी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कोसी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना पनि रहेको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा बझाङको थलरामा सबैभन्दा बढी ९८.८ मिलिमिटर वर्षा भएको छ। कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

यता काठमाडौँ उपत्यकामा पनि मंगलबार वर्षाको सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताएकी छन्। उनका अनुसार बिहान घाम–बादलको अवस्था रहे पनि दिउँसो १/२ बजेपछि बादल बढ्दै गएर अपराह्नदेखि मध्यसम्म वर्षा हुनसक्छ।

मौसमविद्हरूका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटरसम्म मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुचारु हुने, सभामुखले तोके मिति

बाढीपहिरोले ११ सडक अवरुद्ध, देशभर यातायात प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘कंगाल करोडपति’मा रक्षा थापा र मञ्जिलकुमार अनुबन्धित

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुचारु हुने, सभामुखले तोके मिति

बाढीपहिरोले ११ सडक अवरुद्ध, देशभर यातायात प्रभावित

Nepal Faces Loss of Indigenous Seeds as Farmers Favor Hybrid Crops

Missile Strikes Escalate Conflict as Civilian Toll Mounts in Ukraine and Russia

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu