ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ११ : १५   बजे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको सुनको मूल्य आज पनि सोही मूल्यमा कायम रहेको हो।

यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको थियो। त्यसपछि आइतबार र सोमबार गरी सुनको मूल्यमा कुल ५ हजार २ सय रुपैयाँको वृद्धि भएको थियो।

चाँदी २५ रुपैयाँले घट्यो

सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको उच्चतम मूल्य ३ लाख ३९ हजार

नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। उक्त दिन सुनको मूल्य एकै दिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको हालसम्मकै उच्च मूल्य पनि गत माघ १५ गते नै कायम भएको थियो। त्यस दिन चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार चाँदीको मूल्यमा हालसम्मकै ठूलो एकदिने गिरावट भने गत माघ १८ गते देखिएको थियो, जब यसको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निर्णयमाथि कमलबहादुर शाहको प्रश्न : ‘विश्वासको मत प्रभावित पार्न देउवालाई पदमुक्त गरियो’

‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, जीपीएस जडान भएका १२०० सवारीसाधनको जानकारी लिन सकिने

सम्बन्धित

टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि, पन्च ईभी र टियागो ईभीमा विशेष अफर

परराष्ट्रको ओएण्डएममा प्रधानमन्त्री कार्यालयसँग टकराव, कर्मचारी कटौतीमा विवाद

विमानस्थलबाट करोडौँ मूल्यको थाई गाँजा बरामद, ८ जना पक्राउ

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायण महोत्रा

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित ५ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu