ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा


ABC NEWS
२ भदौ २०८३, मंगलबार   २ : ४५   बजे

 

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन उल्लंघन गरेको आरोपमा रमन–ओम–सुगम जेभीसहित तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो।

कार्यालयका अनुसार बझाङको नमादेउ निर्माण सेवा पनि कालोसूचीमा परेको छ। अमृत महरा मुख्य व्यक्ति रहेको उक्त निर्माण सेवामाथि डोटीस्थित खप्तडी माध्यमिक विद्यालयको सिफारिसका आधारमा कारबाही गरिएको हो।

त्यस्तै, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, सुर्खेतको सिफारिसमा नुवाकोट ठेगाना रहेको बागेश्वरी–रामेछाप–सन्तोषी जेभीलाई कालोसूचीमा राखिएको छ।

सडक विभागअन्तर्गतको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाको सिफारिसमा रमन–ओम–सुगम जेभी पनि कालोसूचीमा परेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएका यी कम्पनी तथा सम्बन्धित निर्माण व्यवसायीले अबको तीन वर्षसम्म सरकारका कुनै पनि सार्वजनिक खरिद प्रक्रिया वा बोलपत्रमा सहभागी हुन पाउने छैनन्।

कानुनी कारबाही

सार्वजनिक खरिद ऐनले सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गर्ने वा कानुनी प्रावधान उल्लंघन गर्ने निर्माण व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राख्न सक्ने व्यवस्था गरेको छ।

सम्बन्धित निकायको सिफारिस र आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटै निर्माण कम्पनीमाथि तीन वर्षको प्रतिबन्ध लगाएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु : सभापति थापा

‘देशको मुहार फेर्छु भनेर अहोरात्र खट्दा पनि प्रधानमन्त्रीको आलोचना भयो’ : सांसद पराजुली

सम्बन्धित

नेप्से १९ अंकले घट्यो, कारोबार ५ अर्ब ७ करोड

नामीको नयाँ फड्को : ‘फुल एसयूभी’ भिगो E2 सार्वजनिक हुँदै

बागमतीमा एमालेको सहमति : थपलिया संसदीय दलको नेता, किरण थापा मुख्यमन्त्रीको उम्मेदवार

लोकन्थलीमा सुनको सिक्री लुटपाट गर्ने दुईसहित चार जना पक्राउ

किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतको अस्वीकार

विद्युत निर्यातसँगै आन्तरिक आपूर्ति गुणस्तरीय बनाउने सरकारको प्राथमिकता : मन्त्री श्रेष्ठ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu