ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकार, कोठा खाली छ?’ भन्दै माइतीघरमा सत्याग्रह गरिरहेकी दीपाको माग सम्बोधन गर्न रिमाको आग्रह


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ६ : १५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले जातीय विभेदका कारण कोठा भाडामा पाउन नसकेको भन्दै लामो समयदेखि माइतीघर मण्डलामा सत्याग्रह गरिरहेकी दीपा नेपालीसँग सरकारले तत्काल संवाद गर्न माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले ‘सरकार, कोठा खाली छ?’ भन्ने नारासहित दीपा नेपालीले १२२ दिनदेखि सडकमा सत्याग्रह गरिरहेको विषय संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन्।

विश्वकर्माले दीपा नेपालीको आन्दोलनलाई कुनै एक व्यक्तिको निजी समस्या मात्र भनेर बुझ्न नहुने बताइन्। उनका अनुसार राजधानीलगायत देशका प्रमुख सहरमा भाडामा बस्ने नागरिकहरूले जात, समुदाय, क्षेत्र र आर्थिक अवस्थाका आधारमा विभिन्न प्रकारका विभेद तथा अपमान भोग्नुपरेको छ।

आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै विश्वकर्माले आफूले पनि काठमाडौंमा करिब १५ वर्ष भाडाको कोठामा बसेर जीवन बिताएको बताइन्। भाडामा बस्ने क्रममा घरधनीले जात सोधेर कोठा नदिने, पानी प्रयोग गर्न रोक लगाउने, समयमा घर नफर्किँदा गेट बन्द गरिदिने, मनपरी भाडा बढाउने र कोठा खाली गर्न दबाब दिने जस्ता समस्या भोग्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

उनले यस्ता समस्या व्यक्तिगत रूपमा सहेर बस्नुपर्ने बाध्यता अझै कायम रहेको बताउँदै भाडामा बस्ने नागरिकको सम्मान, समानता र सुरक्षालाई राज्यको नीतिसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन्।

सांसद विश्वकर्माले पछिल्लो समय अनलाइनमार्फत कोठा खोज्ने ‘रुम फाइन्डर’ सेवासमेत विभेदको नयाँ माध्यम बन्न थालेको आरोप लगाइन्। कतिपय विज्ञापनमा निश्चित जात वा समुदायका व्यक्तिलाई मात्र कोठा दिने तथा केही समुदायलाई स्पष्ट रूपमा निषेध गर्ने सर्त राखिने गरेको उनको दाबी छ।

उनले घर तथा कोठा भाडामा दिने प्रणालीलाई राज्यको नियमनभित्र ल्याउनुपर्ने बताइन्। भाडामा उपलब्ध घर तथा कोठाको अनिवार्य दर्ता, सेवा शुल्कमा पारदर्शिता, विभेदकारी विज्ञापनमाथि रोक तथा प्रभावकारी अनुगमनको व्यवस्था गर्नुपर्ने उनको माग छ।

विश्वकर्माले दीपा नेपालीसँग तत्काल संवाद गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्न सरकारसँग आग्रह गरिन्।

उनले भनिन्, ‘भाडामा दिने घर तथा कोठाको व्यवस्थालाई सरकारको नियमनभित्र ल्याई अनिवार्य दर्ता, सेवा शुल्क पारदर्शिता, विभेदकारी विज्ञापनमाथि तत्काल रोक, प्रभावकारी अनुगमन तथा उजुरी र कारबाहीको स्पष्ट व्यवस्था गरियोस्।’

उनले दलित समुदायले भोगिरहेका विभेदका घटनामा उजुरी दर्ता नै नहुने समस्या रहेको पनि संसद्मा उठाइन्। उनका अनुसार कानुनी उपचारको बाटो खुलेको देखिए पनि व्यवहारमा धेरै पीडित न्यायको प्रक्रियामा प्रवेश गर्नुअघि नै रोकिने गरेका छन्।

‘अझै पनि दलित समुदायका अधिकांश उजुरी दर्ता नै हुँदैनन्। वास्तविक समस्या न्यायको प्रक्रियामा रोकिएका मात्र होइनन्, न्यायको ढोकासम्म पुग्नै सकेका छैनन्,’ उनले भनिन्।

विश्वकर्माले जातीय विभेद अन्त्यका लागि कानुन मात्र पर्याप्त नभएको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयन, पीडितको पहुँच र राज्यका निकायको जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

उनको भनाइमा, काठमाडौंजस्तो अवसर र रोजगारीको प्रमुख केन्द्रमा आउने नागरिकले आफ्नो जात वा समुदायका कारण बस्नका लागि कोठा खोज्दासमेत अपमान र विभेद भोग्नुपर्ने अवस्था रहनु संविधानले सुनिश्चित गरेको समानताको अधिकारसँग मेल खाँदैन।

दीपा नेपालीको लामो सत्याग्रहलाई राज्यले तत्काल सम्बोधन गरी संवादमार्फत समाधान खोज्नुपर्ने भन्दै उनले सरकारलाई यस विषयमा ठोस कदम चाल्न आग्रह गरेकी छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि डिजिटल पत्रिकासम्म एजेन्डा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज राति चार प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ मा, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि डिजिटल पत्रिकासम्म एजेन्डा

वाग्मतीमा एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, बहुमत जुटाउन चुनौती

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, स्थानीय निर्वाचनको उम्मेदवार छनोटबारे छलफल हुने

पत्रकार किशोर श्रेष्ठलाई फेरि पक्राउ गर्ने प्रहरीको प्रयास, अदालतले भन्यो– ‘कागजात पुगेन’

लघुवित्त, सहकारी र मिटरब्याज पीडितको समस्या समाधान गर्न भण्डारीको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu