ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेक बाउन्सको नयाँ म्यादलाई सर्वोच्चको संवैधानिक मान्यता, पुराना चेकमा पाँच वर्षकै व्यवस्था


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : २५   बजे

काठमाडौं । सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी कानुनमा गरिएको संशोधनलाई संवैधानिक ठहर गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले बैंकिङ कसूर तथा सजाय ऐनमा गरिएको संशोधनअनुसार नयाँ चेक बाउन्सका घटनामा मुद्दा दायर गर्ने हदम्याद एक वर्ष कायम हुने फैसला गरेको हो।

तर यो व्यवस्था विगतमा नै बाउन्स भएका सबै चेकमा तत्काल लागू हुने छैन। सर्वोच्चले २०८२ वैशाख २४ गतेलाई आधार मिति मानेर पुराना र नयाँ चेक बाउन्सका लागि फरक हदम्याद लागू हुने स्पष्ट गरेको छ।

सरकारले २०८२ वैशाख २४ गते बैंकिङ कसूर तथा सजाय ऐन संशोधन गर्दै चेक बाउन्ससम्बन्धी कानुनी व्यवस्था परिवर्तन गरेको थियो। यसअघि विनिमय अधिकारपत्र ऐनअन्तर्गत चेक बाउन्स भएमा पाँच वर्षभित्र मुद्दा दायर गर्न सकिने व्यवस्था थियो।

संशोधनपछि चेक बाउन्सलाई बैंकिङ कसूरअन्तर्गत समेट्दै फौजदारी मुद्दा दायर गर्ने हदम्याद एक वर्ष कायम गरिएको हो।

नयाँ व्यवस्थाले यसअघि चेक बाउन्स भइसकेका पीडितलाई समेत असर पार्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। रिट निवेदकहरूले लामो समयसम्म कानुनी उपचारको अधिकार रहेको अवस्थामा अचानक हदम्याद घटाएर एक वर्षमा सीमित गर्नु अन्यायपूर्ण भएको दाबी गरेका थिए।

तर संवैधानिक इजलासले संसद्लाई अपराधको प्रकृति र कानुनी आवश्यकताअनुसार अपराधसम्बन्धी कानुन निर्माण गर्ने तथा मुद्दाको हदम्याद निर्धारण गर्ने अधिकार रहेको व्याख्या गरेको छ। त्यसैले संशोधित व्यवस्था संविधानविपरीत नरहेको सर्वोच्चको निष्कर्ष छ।

पुराना र नयाँ चेकमा फरक हदम्याद

फैसलाको महत्वपूर्ण पक्ष भनेको सर्वोच्चले पुराना र नयाँ चेक बाउन्सलाई एउटै कानुनी व्यवस्थामा नराख्नु हो।

२०८२ वैशाख २४ गतेभन्दा अगाडि बाउन्स भएका चेकमा पुरानै पाँच वर्षको हदम्याद लागू हुनेछ। अर्थात्, उक्त मितिभन्दा अघि चेक बाउन्स भएको छ र कानुनी उपचार लिन बाँकी छ भने सम्बन्धित व्यक्तिले पाँच वर्षभित्र मुद्दा दायर गर्न सक्नेछन्।

तर २०८२ वैशाख २४ गते वा त्यसपछि बाउन्स भएका चेकमा नयाँ कानुनी व्यवस्था लागू हुनेछ। त्यस्तो अवस्थामा पीडितले बैंकिङ कसूरअन्तर्गत एक वर्षभित्र कानुनी प्रक्रिया अघि बढाउनुपर्नेछ।

यसकारण ‘चेक बाउन्सको हदम्याद पाँच वर्षबाट घटाएर एक वर्ष बनाइयो’ भन्ने बुझाइ मात्र पूर्ण होइन। वास्तविक रूपमा नयाँ घटनाका लागि एक वर्ष र पुराना घटनाका लागि पाँच वर्षको संक्रमणकालीन व्यवस्था कायम रहने भएको छ।

चेक बाउन्स भएको मिति महत्वपूर्ण

सर्वोच्चको फैसलापछि चेक बाउन्ससम्बन्धी विवादमा सबैभन्दा महत्वपूर्ण विषय चेक बाउन्स भएको मिति बन्नेछ।

२०८२ वैशाख २४ गतेभन्दा अगाडि चेक बाउन्स भएको हो भने पाँच वर्षभित्र फौजदारी कानुनी प्रक्रिया अघि बढाउन सकिनेछ। त्यसपछि बाउन्स भएको चेकका हकमा भने एक वर्षभित्रै प्रक्रिया सुरु गर्नुपर्नेछ।

यसले पुराना चेकका पीडितलाई नयाँ कानुनका कारण आफ्नो कानुनी अधिकार तत्काल गुम्ने अवस्था नरहेको स्पष्ट पारेको छ।

रकम असुलीका लागि देवानी बाटो पनि खुला

सर्वोच्चले चेक बाउन्सका पीडित पूर्ण रूपमा कानुनी उपचारविहीन हुने अवस्था नरहेकोसमेत स्पष्ट गरेको छ।

बैंकिङ कसूरअन्तर्गत फौजदारी मुद्दा दायर गर्ने हदम्याद एक वर्ष भए पनि चेकबाट लिनुपर्ने मूल रकम तथा ब्याज असुल गर्न देवानी कानुनी उपचारको बाटो खुला रहने अदालतको व्याख्या छ।

यसको अर्थ फौजदारी मुद्दा दायर गर्ने हदम्याद सकिएपछि पनि सम्बन्धित कानुनी अवस्थाअनुसार रकम असुलीका लागि उपलब्ध देवानी उपचारको प्रयोग गर्न सकिने अवस्था रहन्छ।

संवैधानिक इजलासले अपराधको परिभाषा, त्यसको प्रकृति र कानुनी कारबाहीका लागि आवश्यक हदम्याद निर्धारण गर्ने विषय मूलतः विधायिकाको अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट गरेको छ।

संसद्ले कानुन संशोधन गरेर चेक बाउन्ससम्बन्धी मुद्दाको हदम्याद परिवर्तन गरेको विषयलाई अदालतले आफ्नो संवैधानिक परीक्षणको दायरामा हेरे पनि त्यसलाई असंवैधानिक ठहर गर्नुपर्ने आधार नदेखिएको निष्कर्ष निकालेको हो।

यस फैसलासँगै चेक बाउन्सको हदम्यादसम्बन्धी लामो समयदेखि रहेको कानुनी अन्योल केही हदसम्म अन्त्य भएको छ।

अब चेक बाउन्सका पीडितले आफ्नो चेक कहिले बाउन्स भएको हो, कुन कानुन लागू हुन्छ र फौजदारी तथा देवानीमध्ये कुन कानुनी बाटोबाट अघि बढ्ने हो भन्ने विषयमा समयमै ध्यान दिनुपर्नेछ। विशेषगरी नयाँ व्यवस्थाअन्तर्गत पर्ने चेकमा एक वर्षको हदम्याद भएकाले कानुनी प्रक्रिया ढिला गर्दा फौजदारी उपचारको अवसर गुम्न सक्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन श्रमिकको अधिकार सुनिश्चित गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu