ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय भेलापछि सुनसान बन्यो कांग्रेस संस्थापनइतरको सम्पर्क कार्यालय


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सञ्चालन गर्दै आएको सम्पर्क कार्यालयमा पछिल्लो समय चहलपहल घटेको छ। राष्ट्रिय भेला हुनुअघिसम्म नेता–कार्यकर्ताले भरिभराउ हुने काठमाडौंको चुनदेवीस्थित कार्यालय अहिले सुनसानजस्तै देखिन थालेको छ।

मंगलबार दिउँसो कार्यालय पुग्दा एकाध नेताबाहेक अधिकांश अनुपस्थित थिए। कार्यालयमा नेता डा. प्रकाशशरण महत मात्रै उपस्थित थिए।

संस्थापनइतर पक्षको राष्ट्रिय भेलाबाट पारित निर्णयको भाषा सम्पादन गर्ने जिम्मेवारी नेता एनपी साउद नेतृत्वको टोलीलाई दिइएको छ। साउदले केही दिनमै निर्णयहरू सार्वजनिक गरिने बताएका छन्। भेलाबाट पाँचबुँदे र २० बुँदे गरी दुई प्रकारका निर्णय तथा प्रस्ताव पारित भएका थिए। तर, ती निर्णयको विषयवस्तुलाई लिएर नेताहरूबीच मतभेद देखिएको छ।

निर्णय अनुमोदनमै विवाद

नेता महतले भेलाबाट पारित पाँचबुँदे निर्णय सर्वसम्मत भएको दाबी गरेका छन्। उनका अनुसार निर्णय प्रस्तुत भइरहँदा कुनै पनि नेता–कार्यकर्ताले त्यसको विरोध गरेका थिएनन्।

“भेलाको निर्णय पढ्दै गर्दा सहभागी कुनै नेता–कार्यकर्ताले त्यसको विरोध गरेका छैनन्,” महतले भने।

भेलाको समापनका क्रममा नेता विमलेन्द्र निधिसँग आफ्नो कुनै विवाद नभएको पनि महतले स्पष्ट पारे। उनका अनुसार कार्यक्रम सञ्चालक दीपक कुइँकेलले निर्णय पढिरहेका बेला निधिले हस्तक्षेप गर्न खोजेका थिए। त्यस क्रममा आफूले उद्घोषकलाई नै निर्णय प्रस्तुत गर्न दिन आग्रह गरेको महतको भनाइ छ।

“उद्घोषक दीपकजीले भनिरहेका बेला अरूले किन हानथाप गर्ने भन्ने मेरो भनाइ थियो। उद्घोषकले मिलाएर पढ्छन् भनेर मैले उहाँलाई बस्नुस् भनेको थिएँ, तर यसलाई अर्कै रूपमा अर्थ्याइयो,” उनले भने।

संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गरेको थियो। भेलामा पार्टी एकताको सन्देश दिने प्रयासस्वरूप शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित भए पनि समापनतिर आन्तरिक मतभेद सतहमा आएको थियो। निर्णय सार्वजनिक गर्ने क्रममा महत र निधिबीच भनाभन भएपछि वातावरण तनावपूर्ण बनेको थियो।

नेताहरू विवादबाट पन्छिँदै

भेलामा सहभागी अन्य नेताहरू भने महत र निधिबीचको विवादमा आफूहरूलाई नजोड्न आग्रह गरिरहेका छन्।

“त्यो दुईजनाबीचको कुरा हो, हामी त्यसमा मुछिन चाहँदैनौँ,” उनीहरूको भनाइ छ।

राष्ट्रिय भेलाका लागि एउटै ठाउँमा उभिएका नेताहरू भेला सकिएलगत्तै आ–आफ्नै बाटो लागेपछि संस्थापनइतर पक्षले अघि सारेको एकताको प्रयासमाथि प्रश्न उठ्न थालेको छ।

अर्का नेता राजु श्रेष्ठले भने पार्टीले लिएको नीतिअनुसार नै भेलाका निर्णय तयार गरिएको दाबी गरे। “पार्टीभित्र व्यक्तिको विचार फरक हुन सक्छ तर नीति त सबैले मान्नुपर्यो नि। हाम्रो पार्टीमा मुस्लिम, बुद्धिस्ट र अन्य धर्मका पनि हुनुहुन्छ होला तर पार्टी त एउटै छ नि। पार्टीमा आएको विचारलाई हामीले सम्बोधन त गर्नुपर्यो नि,” उनले भने।

राष्ट्रिय भेलाको उद्घाटन सत्रमा सहभागी भएका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला भने समापन कार्यक्रममा उपस्थित भएनन्। भेलाको तयारी भइरहेका बेला पनि नेता–कार्यकर्ताले शीर्ष नेताहरूबीचको मतभेदबारे आशंका व्यक्त गरेका थिए। उनीहरूको बुझाइमा पार्टी एकताको सन्देश दिनुअघि शीर्ष नेताहरूबीच नै समझदारी आवश्यक थियो।

भेलाअघिको उत्साह हराउँदै

राष्ट्रिय भेलाअघि व्यक्त गरिएका आशंकाहरू अहिले व्यवहारमै देखिन थालेको कांग्रेसका केही नेताको बुझाइ छ। भेलाका लागि एक ठाउँमा भेला भएका नेताहरू केही दिनमै अलग–अलग देखिन थालेपछि संस्थापनइतर पक्षले अघि सारेको ‘एकता’को नारामाथि प्रश्न उठ्न थालेको हो।

साउन २८ गते कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किंदा पार्टीभित्र देखिएको उत्साह पनि अहिले क्रमशः सेलाउँदै गएको देखिन्छ। देउवाको स्वागतमा विमानस्थलदेखि काठमाडौंका विभिन्न स्थानमा देखिएको ठूलो भीड र संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा देखिएको उत्साहले कांग्रेसभित्र एकताको वातावरण बन्ने संकेत गरेको थियो।

तर, भेला सकिएलगत्तै निर्णयलाई लिएर देखिएको विवाद र नेताहरूबीच बढेको दूरीले उक्त उत्साह कमजोर बनाएको छ। राष्ट्रिय भेलाले पार्टी एकताको सन्देश दिने प्रयास गरे पनि त्यसको केही दिनमै देखिएको तितरबितर अवस्था र निर्णयमाथिको विवादले कांग्रेसको आन्तरिक एकताको चुनौती अझै कायम रहेको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन श्रमिकको अधिकार सुनिश्चित गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu