ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लघुवित्त पीडितको पक्षमा आन्दोलन गर्दा पक्राउ परेका तीन जेनजी अभियन्ता २२ दिनपछि रिहा


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : ३५   बजे

काठमाडौं । लघुवित्त पीडितको पक्षमा आन्दोलन गर्ने क्रममा माइतीघर मण्डलाबाट पक्राउ परेका तीन जेनजी अभियन्ता २२ दिनपछि रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनीहरू कारागारमुक्त भएका हुन्।

रिहा हुनेमा अजय सोडारी, प्रकाश बम र सुनिल विक रहेका छन्। उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अभियोग लगाइएको थियो।

लघुवित्त पीडितको पक्षमा प्रदर्शन गरिरहेका बेला पक्राउ परेका उनीहरूलाई साउन २० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएको थियो। प्रशासनले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनीहरूलाई कारागार पठाइएको थियो।

त्यसपछि अभियन्ताहरूले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए। साउन २५ गते सर्वोच्च अदालतले उचित धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूसँग जनही ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो। तर उक्त रकमसमेत बुझाउन नसकेपछि उनीहरू तत्काल रिहा हुन सकेनन् र थुनामै रहनुपरेको थियो।

त्यसपछि अभियन्ताहरूले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गरेका थिए। जिल्ला अदालतले धरौटी रकम घटाउँदै जनही पाँच हजार रुपैयाँबुझाएर रिहा गर्न आदेश दिएपछि उनीहरूले रकम बुझाएका हुन्।

धरौटी बुझाएसँगै तीनै जना २२ दिनपछि कारागारबाट मुक्त भएका छन्।

‘आन्दोलन गरेकै आधारमा प्रतिशोध’

रिहापछि अभियन्ता अजय सोडारीले आफूहरूलाई आन्दोलन गरेकै आधारमा सरकारले प्रतिशोध साँधेर थुनामा राखेको आरोप लगाए।

उनले लघुवित्त पीडितको पक्षमा आवाज उठाउँदा आफूहरूलाई सार्वजनिक शान्तिविरुद्धको अभियोग लगाएर पक्राउ गरिएको भन्दै राज्यले आन्दोलनकारीको आवाज दबाउन खोजेको दाबी गरे।

सोडारीका अनुसार आफूहरूको आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि नभई लघुवित्तका कारण समस्यामा परेका पीडितहरूको माग सम्बोधन गराउन केन्द्रित थियो।

अभियन्ताहरू रिहा भएपछि लघुवित्त पीडितको आन्दोलन तथा उनीहरूमाथि लगाइएको अभियोगको विषयमा थप राजनीतिक तथा कानुनी बहससमेत हुने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन श्रमिकको अधिकार सुनिश्चित गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu