ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्याथे प्यासिफिकका कर्मचारीलाई प्रहरी रिपोर्ट दिन सर्वोच्चको आदेश


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : ३५   बजे

काठमाडौँ । सर्वोच्च अदालतले क्याथे प्यासिफिक एयरवेजमा कार्यरत निरज शाखकर्मीलाई प्रहरीको चारित्रिक प्रमाणपत्र उपलब्ध गराउन आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले मंगलबार शाखकर्मीको निवेदनमाथि सुनुवाइ गर्दै प्रहरीलाई चारित्रिक प्रमाणपत्र दिन निर्देशनसहित अन्तरिम आदेश जारी गरेको हो।

शाखकर्मी विगत सात वर्षदेखि क्याथे प्यासिफिक एयरवेजमा कार्यरत छन्। उनीविरुद्ध जबरजस्ती करणीको आरोपमा मुद्दा दायर भएको थियो। जिल्ला अदालतले उनलाई सफाइ दिए पनि उच्च अदालतले दोषी ठहर गरेको थियो। उच्च अदालतको फैसलाविरुद्ध उनी सर्वोच्च अदालत पुगेका छन् र उक्त मुद्दा विचाराधीन छ।

यसैबीच प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध नगराउँदा आफ्नो रोजगारी नै गुम्ने अवस्था आएको भन्दै शाखकर्मीले सर्वोच्चमा निवेदन दिएका थिए।

शाखकर्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल क्षेत्रमा यात्रु सेवाका लागि नियमित आवतजावत गर्नुपर्ने हुन्छ। तर, प्रहरीले चारित्रिक प्रमाणपत्र नदिएपछि नेपाल नागरिक उड्डयन कार्यालयले उनलाई विमानस्थल प्रवेश पास उपलब्ध गराउन सकेको थिएन।

रोजगारीको हकमा असर पर्ने भन्दै अन्तरिम आदेश

निवेदकलाई चारित्रिक प्रमाणपत्र उपलब्ध नगराउँदा विमानस्थल प्रवेश पास रोकिएको र त्यसबाट उनको पेशा तथा रोजगारी गर्ने संवैधानिक हकमा प्रतिकूल असर पर्न सक्ने सर्वोच्च अदालतले जनाएको छ।

मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा चारित्रिक प्रमाणपत्र नपाउँदा रोजगारीबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै अदालतले तत्कालका लागि प्रहरी रिपोर्ट उपलब्ध गराउन आदेश दिएको हो।

अदालतको आदेशसँगै शाखकर्मीलाई विमानस्थलमा आफ्नो कामका लागि आवश्यक प्रवेश पास प्राप्त गर्ने बाटो खुलेको छ। सर्वोच्चको यो आदेशले विचाराधीन फौजदारी मुद्दाका कारण तत्काल रोजगारीबाट वञ्चित हुन सक्ने अवस्थालाई समेत सम्बोधन गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन श्रमिकको अधिकार सुनिश्चित गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu