ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले अन्नपूर्णको तातोपानी कुण्ड बगायो, शौचालय र चेन्जिङ रुममा समेत क्षति


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : ०५   बजे

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ । साउन २८ गते आएको बाढीले तीनवटा तातोपानी कुण्डसहित आसपासका संरचनामा क्षति पुर्‍याएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार सिमेन्ट, ढुंगा र बालुवाबाट निर्माण गरिएका तीनवटै तातोपानी कुण्ड बाढीले पूर्णरूपमा बगाएको छ । यस्तै, तातोपानी क्षेत्रको एउटा शौचालय र एउटा चेन्जिङ रुममा पनि पूर्ण क्षति पुगेको छ ।

तातोपानी कुण्ड आसपास मानव बस्ती नभएकाले घटनाबारे मंगलबार बिहान मात्रै जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । सूचना पाएपछि प्रहरी चौकी घान्द्रुकबाट हवल्दार राजेश भैया थारूको नेतृत्वमा दुई प्रहरी घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेका थिए ।

भौगोलिक रूपमा विकट क्षेत्र भएकाले घटनाको सूचना ढिलो प्राप्त भएको बरालले बताए । तातोपानी कुण्डमा पदयात्रामा जाने पर्यटकहरू नुहाउने गरेका थिए ।

बाढीले बीरेठाँटी–घान्द्रुक सडकसमेत क्षति पुर्‍याएपछि यातायात सम्पर्क विच्छेद भएको छ । मोदीखोलाको कटानका कारण बीरेठाँटीमा करिब १०० मिटर कालोपत्रे सडक बगेपछि नेपाली सेनाको सहयोगमा पुनर्निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।

सडक अवरुद्ध हुनुका साथै तातोपानी कुण्डका संरचना बगाउँदा त्यस क्षेत्रको पर्यटन गतिविधिसमेत प्रभावित भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Declares Strait of Hormuz ‘New US Territory,’ Sparks Iranian Condemnation

Greek Oil Tanker Attacked in Black Sea After Visit to Russian Terminal

Democrats Seek to Limit Military Action After Trump Threatens Oman

Disney Sues FCC, Alleging Political Retaliation Over ABC News Coverage

Iran Braces for Economic Pressure as US Threatens New Sanctions

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu