ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित भित्री बासुदेव खोलामा आएको बाढीले चार बालिकालाई बगाएको छ। घटनामा एक बालिकाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। एक बालिका भने पौडिएर ज्यान जोगाउन सफल भएकी छन्।

मंगलबार दिउँसो निर्मल माध्यमिक विद्यालय, बस्तिपुरबाट छुटेर घर फर्कने क्रममा चार बालिका खोलामा आएको बाढीमा परेका थिए। विद्यालयबाट करिब ४ बजे छुटेका उनीहरू साँझ करिब ४ः४५ बजे खोला तर्ने क्रममा भेलमा परेका हुन्।

हेटौंडा–१९ डाँडागाउँकी १३ वर्षीया सीमा भोलन भने भेलले बगाए पनि पौडिएर बाहिर निस्कन सफल भएकी छन्। उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा राखिएको छ।

सीमाका अनुसार चारै जना बालिका हात समातेर खोला तर्दै गर्दा अचानक आएको भेलले सुरुमा ८ वर्षीया रोशनी स्याङ्ताङलाई बगाएको थियो। त्यसपछि ११ वर्षीया सुमित्रा भोलन र सीमा आफैंलाई पनि भेलले बगाएको उनले बताइन्।

‘हामी चारजना सँगै हात समातेर खोला तर्दै थियौँ। सुरुमा सानु बहिनीलाई बगायो। त्यसपछि सुमित्रा बहिनीलाई बगायो। त्यसपछि मलाई पनि बगायो,’ सीमाले बताइन्।

भेलले केही तलसम्म बगाएपछि झाडी समातेर आफू बाहिर निस्कन सफल भएको उनले बताइन्।

‘मैले केही देखेको थिइनँ। हातमा एउटा झारीजस्तो आयो। त्यही झार समातेर बाहिर निस्किएँ,’ उनले भनिन्।

एक बालिकाको शव फेला

मकवानपुर प्रहरीले बाढीले बगाएकी ८ वर्षीया रोशनी स्याङ्ताङको शव फेला पारेको जनाएको छ। हेटौंडा–१९ बस्तिपुरका दिप स्याङ्ताङकी छोरी रोशनीको शव बगाएको स्थानबाट करिब ५ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेको हो।

घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीले खोजी थालेका थिए। खोजीका क्रममा रोशनीको शव फेला परेको प्रहरीले जनाएको छ।

दुई बालिका अझै बेपत्ता

घटनामा हेटौंडा–१९ बस्तिपुरका टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी बिनिता भोलन अझै बेपत्ता छन्।

खोलामा पानीको बहाव र अँध्यारोका कारण मंगलबार राति खोजी कार्य प्रभावकारी रूपमा अघि बढाउन कठिनाइ भएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको खोजी बुधबार बिहान ६ बजेपछि पुनः सुरु गरिने बताइएको छ।

विद्यालयबाट घर फर्कँदै गर्दा दुर्घटना

चारै जना बालिका एउटै गाउँका रहेको र विद्यालयबाट घर फर्कने क्रममा खोला तर्न खोज्दा बाढीमा परेको बताइएको छ। सामान्य अवस्थामा तर्न सकिने खोलामा अचानक पानीको बहाव बढेपछि उनीहरू जोखिममा परेका हुन्।

घटनापछि स्थानीयवासीमा समेत त्रास फैलिएको छ। प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले बेपत्ता बालिकाको खोजीलाई प्राथमिकतामा राखेका छन्।

प्रहरीले खोलाको बहाव तीव्र रहेको अवस्थामा जोखिम मोलेर खोला नतर्न तथा बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China-Laos Railway Surpasses 90 Million Tonnes of Cargo

China Sentences Two Men in Drug Trafficking Case, Highlights International Cooperation

Democrats Demand Investigation Into USS Lincoln Deployment, Citing Navy Readiness Concerns

Minnesota Attorney General Sues Texas Governor Over ICE Agent Extradition

Xi Jinping and Ecuadorian President Discuss Strategic Partnership and Expanded Cooperation

विदेशी मुद्राको विनिमयदर बढ्यो, डलर १५३ रुपैयाँ ४० पैसा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu