ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज देशका केही स्थानमा वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान


ABC NEWS
३ भदौ २०८३, बुधबार   ६ : ३५   बजे

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहनेछ भने केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।

पहाडी भूभागका धेरै स्थानमा तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । यस्तै, मधेस तथा कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।

कोसी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

रातिको समयमा देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बदली रहने तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ ।

राति हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

यस्तै, कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 कीर्तिपुरबाट देखिएको स्वयम्भू महाचैत्यको मनमोहक दृश्य

१० वर्षमा पनि बनेन मनाङको ङावल–हुम्डे मोटरेबल पुल

सम्बन्धित

संसद्मा चार मन्त्रालयमाथि प्रश्नोत्तर : दूतावासदेखि विद्युत् ट्रिपिङ र किसानको भुक्तानीसम्म

११ वर्षपछि खाली भयो बैँसरी पहिरोपीडितको राहुपारे बस्ती, डोजर लगाएर हटाइयो अस्थायी टहरा

इन्टरमिटेन्ट फास्टिङ : तौल घटाउने ‘चमत्कारी उपाय’ कि सामाजिक सञ्जालको अतिरञ्जना?

आजको विदेशी विनिमयदर : अमेरिकी डलरको खरिददर १५२.८० रुपैयाँ

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

विपत घटना बढे पनि मानवीय क्षति घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu