ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलिउड गायक नवजोत आहुजा पहिलोपटक नेपालमा, आज ठमेलमा प्रस्तुति दिँदै


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : ४५   बजे

काठमाडौँ । बलिउडका चर्चित गायक नवजोत आहुजा मंगलबार नेपाल आइपुगेका छन् । उनी आज (बुधबार) काठमाडौँको ठमेलस्थित क्लब नोभामा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिँदैछन् ।

क्लब नोभाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा आहुजाले प्रस्तुति दिन लागेका हुन् । उनले ‘तेरे लिए मन्दिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत आफ्ना लोकप्रिय गीत सुनाउनेछन् ।

‘तेरे लिए मन्दिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको चर्चित गीतमध्ये एक हो, जुन उनको ‘खत’ एल्बममा समावेश छ । त्यस्तै ‘तू ही हूँ’, ‘खुद से मोहब्बत’, ‘इंतज़ार’, ‘मेरे हो तुम’ र ‘चले गए’ लगायत उनका अन्य गीत पनि लोकप्रिय छन् ।

पहिलोपटक नेपाल आएका आहुजाले नेपाली दर्शकमाझ प्रस्तुति दिन आफू उत्साहित रहेको बताए । नेपाल आइपुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको संस्कृति र संस्कार आफूलाई मन परेको बताए ।

‘म पहिलोपटक नेपाल आएको छु । मलाई नेपाल मन पर्छ । यहाँको संस्कार र संस्कृति राम्रो लाग्छ,’ उनले भने, ‘नेपाली दर्शकहरूलाई गीत सुनाउन म निकै उत्सुक छु ।’

आहुजाले आफू नेपाली गीत–संगीत पनि सुन्ने गरेको बताए । नेपाली संगीतकारले गीत गाउन प्रस्ताव गरे आफू तयार रहेको उनको भनाइ छ ।

तीनदिने नेपाल भ्रमणमा आएका आहुजाले काठमाडौँका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ ।

क्लब नोभाको पहिलो वार्षिकोत्सवको मुख्य कार्यक्रम आज राति ९ बजे सुरु हुनेछ । क्लबका संस्थापक विशाल तुलाचनका अनुसार कार्यक्रममा आमन्त्रित पाहुनालाई प्राथमिकता दिइएको छ ।

‘हामीले पहिलोपटक नोभाको सेलिब्रेसन गर्न लागेका छौँ । दर्शकभन्दा पनि आमन्त्रित पाहुनालाई बढी प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘कार्यक्रममा करिब ९० प्रतिशत आमन्त्रित पाहुना र १० प्रतिशत मात्र टिकट बिक्रीका लागि राखिएको छ ।’

वार्षिकोत्सवमा गायक आहुजाको मुख्य प्रस्तुति रहनेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

सम्बन्धित

‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, ‘ए’ श्रेणीमा वर्गीकृत

शाहरुखको ‘मन्नत’मा दुई सर्प भेटिए

रंगमञ्चका समस्या बुझ्न ६ नाटकघर पुगे प्रज्ञा–प्रतिष्ठानका कुलपति खनाल

आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध

‘आवारापन–२’ को आक्रामक कमाइ, चार दिनमै १३० करोड भारु

‘कंगाल करोडपति’मा रक्षा थापा र मञ्जिलकुमार अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu