ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आवारापन–२’ को आक्रामक कमाइ, चार दिनमै १३० करोड भारु


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १ : ४५   बजे

काठमाडौँ । अभिनेता इमरान हाश्मीको मुख्य भूमिका रहेको भारतीय फिल्म ‘आवारापन–२’ ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ।

गत शुक्रबार प्रदर्शनमा आएको फिल्मले चार दिनमै विश्वभर १३० करोड भारतीय रुपैयाँको कलेक्सन गरेको जनाइएको छ। भारतमा मात्रै फिल्मले ९१ करोड भारु नेट कलेक्सन गरेको छ भने ग्रस कमाइ १०९ करोड भारु पुगेको छ।

फिल्मले पहिलो दिन भारतमा २२ करोड भारुको ओपनिङ गरेको थियो। पहिलो दिनको कमाइसँगै यसले अघिल्लो फिल्मको लाइफटाइम कलेक्सनसमेत पार गरेको थियो। साथै ‘आवारापन–२’ हाश्मीको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ।

यसअघि सन् २०१७ मा रिलिज भएको हाश्मी अभिनीत ‘बादशाहों’ ले पहिलो दिन १२.६० करोड भारु कमाएको थियो।

‘आवारापन–२’ ले दोस्रो दिन ३३ करोड ७५ लाख भारु कमाएको थियो। तेस्रो दिन फिल्मले २६ करोड भारु कलेक्सन गरेको जनाइएको छ।

फिल्ममा हाश्मीले शिवम पण्डितको भूमिकालाई निरन्तरता दिएका छन्। उनीसँगै दिशा पटानी, पुरन गब्बी, अनिरुद्ध रावल, शबाना आजमी, सुविन्दर विक्की, विजयन्त कोहली र अतुल कुमारलगायत कलाकारको अभिनय छ।

नितिन कक्कड निर्देशित फिल्मलाई विशेष फिल्म्सको ब्यानरमा विशेष भट्ट र मुकेश भट्टले निर्माण गरेका हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिष्ट पार्टीहरूबीच एकताको दबाब दिन धनगढीमा वृहत् कार्यक्रम

संसदमा ‘गुन्डाराज’ शब्दलाई लिएर रास्वपा र एमाले सांसदबीच घम्साघम्सी

सम्बन्धित

‘कंगाल करोडपति’मा रक्षा थापा र मञ्जिलकुमार अनुबन्धित

अमेरिकी अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन

‘हिरोज’ र ‘न्यासभिल’की अभिनेत्री हेडन पानेटियरको ३६ वर्षमा निधन

‘मास्टर्नी’ विवादपछि दुर्गेशको ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक

अमेरिकामा गुञ्जिँदै नेपाली संगीत : शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभलको विशेष सांगीतिक यात्रा

प्रकाश सिलवालको ‘पारिजात’ सार्वजनिक, एकतर्फी प्रेममा गौरव र खुशी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu