ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, ‘ए’ श्रेणीमा वर्गीकृत


ABC NEWS
३ भदौ २०८३, बुधबार   १० : ३५   बजे

काठमाडौं । यही भदौ ५ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित अन्य केही मल्टिप्लेक्सले पनि चलचित्रको शो खुला गरेका छन्।

चलचित्र प्रदर्शनको तीन दिनअघि नै शो खुला गरिएको र दर्शकको मागअनुसार शो संख्या क्रमशः बढाउँदै लगिने वितरक रोहित कट्टेलले जानकारी दिए।

क्राइम थ्रिलर विधामा निर्माण भएको चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ। यससँगै १६ वर्षभन्दा माथिका दर्शकले मात्र चलचित्र हेर्न पाउनेछन्।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौला र अनुपविक्रम शाहीलगायत कलाकारको अभिनय छ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मास्टर्नी’मा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी छ।

चलचित्रको कथा अभिनेत्री प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार गरेका छन्। संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन्।

चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ। रोहित शाक्य र त्रिशला गुरुङले चलचित्रका लागि संगीत दिएका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका लागि रोयल भीमसेन र ज्ञानु संगम खड्काले तयार गरेका हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२५ भन्दा बढी घाइते

रास्वपा संसदीय दलको बैठकमा ‘हस्याङफस्याङ’ सहभागी

सम्बन्धित

‘द राइज अफ साम्राज्य’मा विजय बराल अनुबन्ध

बलिउड गायक नवजोत आहुजा पहिलोपटक नेपालमा, आज ठमेलमा प्रस्तुति दिँदै

शाहरुखको ‘मन्नत’मा दुई सर्प भेटिए

रंगमञ्चका समस्या बुझ्न ६ नाटकघर पुगे प्रज्ञा–प्रतिष्ठानका कुलपति खनाल

आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध

‘आवारापन–२’ को आक्रामक कमाइ, चार दिनमै १३० करोड भारु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu