काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाएका छन्।
पार्टीका केही सांसदको भाषा, प्रस्तुति र मर्यादाबारे प्रश्न उठेपछि लामिछानेले बैठक आह्वान गरेको रास्वपा स्रोतले जनाएको छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा संसद् तथा विभिन्न समितिमा सांसदहरूले प्रयोग गरेको भाषा र उनीहरूको गतिविधिबारे छलफल हुने बताइएको छ। प्रश्न उठेका सांसदलाई सभापति लामिछानेले आवश्यक निर्देशन दिने तयारी गरेका छन्।
पछिल्लो समय रास्वपाकै केही सांसदले सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमा आलोचना गर्न थालेपछि मन्त्रीहरूलाई समेत बैठकमा बोलाइएको स्रोतको भनाइ छ। आफ्नै पार्टीका सांसदहरू सरकारविरुद्ध बोल्नुको कारणबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।
सांसदको अभिव्यक्तिबारे छलफल
पार्टीका केही सांसदको अभिव्यक्ति र व्यवहारलाई लिएर पछिल्लो समय रास्वपाभित्र असन्तुष्टि बढेको बताइएको छ। बैठकमार्फत सांसदहरूलाई पार्टीको नीति र सरकारप्रतिको धारणा स्पष्ट गराउँदै संसदीय भूमिकामा एकरूपता कायम गर्ने प्रयास गरिने स्रोतले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्