काठमाडौं । डीई इभेन्ट्सको आयोजनामा सम्पन्न ‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेता घोषणा गरिएको छ।
बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता र मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी बाल प्रतिभाले विभिन्न प्रस्तुति दिएका थिए।
प्रतियोगिताको शीर्ष उपाधि विर्सिका बस्नेत र सुहान श्रेष्ठले जितेका छन्। रोहिना भण्डारी र अयान्स चन्द्र अमात्यले ‘फ्यान च्वाइस’ अवार्ड प्राप्त गरेका छन्।
त्यस्तै, रोहिना भण्डारी र विर्सिका बस्नेतले ‘मोस्ट पपुलर’ उपाधि हात पारे। आयोजकको विशेष छनोटअन्तर्गत स्वर्णिमा विष्टले ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गरेको डीई इभेन्ट्सले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्