ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेभिड वार्नरलाई मदिरा सेवन गरी गाडी चलाएको अभियोगमा १,५०० डलर जरिबाना


ABC NEWS
३ भदौ २०८३, बुधबार   ११ : ३५   बजे

काठमाडौँ । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नरलाई मादक पदार्थ सेवन गरी गाडी चलाएको स्वीकार गरेपछि १ हजार ५०० अस्ट्रेलियन डलर जरिबाना गरिएको छ ।

अदालतले वार्नरको गाडीमा ‘इन्टरलक डिभाइस’ जडान गर्नसमेत आदेश दिएको छ । उक्त उपकरणले चालकको शरीरमा मदिराको मात्रा परीक्षण गर्नेछ । मदिराको मात्रा पाइएमा गाडी स्टार्ट नहुने व्यवस्था हुन्छ ।

गत अप्रिलमा सिड्नीको पूर्वी क्षेत्रमा प्रहरीले वार्नरलाई रोकेर मदिरा परीक्षण गरेको थियो । प्रारम्भिक परीक्षणमा नतिजा पोजिटिभ आएपछि उनलाई मारौब्रा प्रहरी चौकी लगिएको थियो । त्यहाँ गरिएको दोस्रो परीक्षणमा उनको रगतमा मदिराको मात्रा ०.१०४ पाइएको थियो, जुन कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी हो ।

घटना सार्वजनिक भएपछि विश्वभरका सञ्चारमाध्यममा चर्चा भएको थियो । वार्नरका वकिलले घटनाका कारण उनले सार्वजनिक रूपमा ठूलो क्षति व्यहोर्नुपरेको भन्दै थप सजाय नदिन अदालतसमक्ष आग्रह गरेका थिए ।

अदालतको आदेशपछि वार्नरले गाडी चलाउनुअघि आफ्नो कारमा ‘इन्टरलक डिभाइस’ जडान गर्नुपर्नेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्पत्ति जाँचबुझ आयोगविरुद्धको रिट दर्ता नभएपछि प्रधानन्यायाधीशलाई अधिवक्ताको निवेदन

सम्बन्धित

टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि, पन्च ईभी र टियागो ईभीमा विशेष अफर

परराष्ट्रको ओएण्डएममा प्रधानमन्त्री कार्यालयसँग टकराव, कर्मचारी कटौतीमा विवाद

विमानस्थलबाट करोडौँ मूल्यको थाई गाँजा बरामद, ८ जना पक्राउ

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायण महोत्रा

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित ५ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu