काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने १२५ जनाभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार मोरङ, बारा, मकवानपुर, मुस्ताङ र नवलपरासी पश्चिममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेमा काठमाडौं उपत्यकाका २३ जना, कोशी प्रदेशका २८ जना, मधेश प्रदेशका २६ जना, लुम्बिनी प्रदेशका १८ जना, बागमती प्रदेशका १३ जना, कर्णाली प्रदेशका नौ जना, सुदूरपश्चिम प्रदेशका सात जना र गण्डकी प्रदेशका एक जना रहेका छन्।
प्रहरीले दुर्घटनामा मृत्यु हुनेहरूको नाम, उमेर, ठेगानालगायत विवरण संकलन तथा सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्