काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले सरकारलाई ‘चिट्ठामा रमाउने’ भन्दै टिप्पणी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।
Originally published on abcnews.com.np.
काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले सरकारलाई ‘चिट्ठामा रमाउने’ भन्दै टिप्पणी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद खातुनले सरकारको सय दिन पुगेको भन्दै सय बुँदामै समीक्षा गर्नुपर्ने बताइन् । उनले आफूहरूको भूमिका सरकारलाई खबरदारी गर्ने रहेको उल्लेख गर्दै भनिन्, “चिट्ठामा रमाउने सरकार अब त आँखा खोल, जनताको पीडा बुझ, चमेली बन ।”
खातुनको उक्त अभिव्यक्तिपछि रास्वपा सांसद तामाङले उठेर आपत्ति जनाइन् । उनले ‘चिट्ठामा परेको’ भन्ने अभिव्यक्ति आफूहरूमाथि लक्षित भएको भन्दै त्यसको प्रमाण दिन चुनौती दिइन् ।
“हामीहरू चिट्ठामा परेको उहाँले भन्नुभयो, उहाँले त्यसको प्रमाण दिनुपर्यो,” तामाङले भनिन्, “जनताले जिताएर आएको कि चिट्ठामा परेको, उहाँले प्रमाणसहित भन्नुपर्यो ।”
आफूहरू पनि अन्य सांसदजस्तै जनताबाट निर्वाचित भएर आएको भन्दै तामाङले खातुनको उक्त अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरिन् ।
त्यसपछि एमालेकी सांसद विष्णुमाया विकले भने सदनमा उठाइने विषयलाई व्यक्तिगत प्रश्नका रूपमा लिन नहुने बताइन् । संविधानअनुसार सांसदहरूले जनताको आवाज निर्धक्क रूपमा राख्न पाउनुपर्ने उनको भनाइ थियो ।
सांसद विकले सत्तापक्षले अनावश्यक रूपमा नियमापत्ति गर्ने गरेको भन्दै आपत्ति जनाइन् । उनले नियमापत्ति गर्दा विषयको गम्भीरतालाई ध्यान दिनसमेत आग्रह गरिन् ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्