ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मतीमा एमालेका किरण थापाको मुख्यमन्त्री दाबीमा राप्रपाको असहमति


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : २५   बजे

हेटौंडा । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापा मगरले बहुमतको दाबी पेस गरेको केही घण्टामै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार गठनमा आफ्नो समर्थन नरहेको स्पष्ट पारेको छ ।

एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाको समर्थन रहेको दाबी गर्दै थापाले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद गरी ६३ सांसदको समर्थन रहेको दाबी गरिएको थियो ।

तर राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीले प्रदेश प्रमुखलाई पत्र पठाउँदै वाग्मती प्रदेश सरकार गठनका लागि पार्टीले कुनै निर्णय नगरेको र समर्थन नदिएको स्पष्ट पारेको छ ।

राप्रपाले यसअघि नै कुनै पनि प्रदेश सरकार गठनको सत्ता राजनीतिको गणितमा सहभागी नहुने निर्णय गरेको जनाएको छ । पार्टीको निर्देशनविपरीत प्रदेश संसदीय दलका नेताले समर्थन दिएको भन्दै हस्ताक्षर सार्वजनिक हुनु गम्भीर अनुशासन उल्लंघन भएको राप्रपाले जनाएको छ । यस विषयमा पार्टीको अनुशासन समितिले आवश्यक प्रक्रिया अघि बढाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाको कार्यसम्पादन समितिको २०८३ असार २० गतेको निर्णय उद्धृत गर्दै पत्रमा वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने उल्लेख गरिएको छ । प्रदेश सरकारका विषयमा निर्णय लिनुपर्ने अवस्था आए पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उपयुक्त निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिइएको राप्रपाले जनाएको छ ।

राप्रपाले आफ्नो निर्णय र निर्देशनबिना एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै बुझाइएको पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखसमक्ष अनुरोधसमेत गरेको छ ।

१०४ सदस्यीय वाग्मती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ सांसद गरी ५१ जना मात्रै हुन्छन् । राप्रपाका १२ सांसदको समर्थन नहुँदा एमाले–नेकपा पक्ष बहुमतबाट दुई सांसदले पछाडि पर्छ ।

यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । दाबी पेस गर्ने समय भदौ ४ गते अपराह्न ४ बजेसम्म तोकिएको छ ।

राप्रपाको पछिल्लो असहमतिसँगै किरण थापाको मुख्यमन्त्री दाबी र वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया थप अन्योलमा परेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

विद्यालय कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक बढ्यो

निजी सम्पत्तिमाथि सरकारको नियमावली, सेवा प्रदायकको सम्पत्ति कब्जा गर्ने प्रयास

NASA Confirms SpaceX Rocket Stage Created Crater on Lunar Surface

Sudurpaschim Province Chief Minister Secures Vote of Confidence

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu