ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीको दायरामा


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : ३५   बजे

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारीलाई अनुशासन उल्लङ्घनको आरोपमा कारबाहीको दायरामा ल्याएको जनाएको छ।

केन्द्रका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार गत चैतदेखि साउनसम्म सरकारी कार्यालय तथा कर्मचारीसँग सम्बन्धित गुनासोको छानबिन र कार्यालय अनुगमनलाई तीव्रता दिइएको हो।

यस अवधिमा केन्द्रमा एक हजार २९८ वटा उजुरी दर्ता भएका थिए। तीमध्ये एक हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फछ्र्यौट गरिएको केन्द्रले जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत बिन्दुले बढी हो।

गत वर्ष २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ वटा उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४.१० प्रतिशत उजुरी फछ्र्यौट भएका थिए।

९२४ सरकारी कार्यालयमा अनुगमन

सरकारले शासकीय सुधारका लागि जारी गरेको १०० बुँदे सूचीमा कर्मचारी आचारसंहिताको पूर्ण कार्यान्वयनलाई प्राथमिकतामा राखेपछि केन्द्रले कार्यालय अनुगमन तथा अनुशासनसम्बन्धी कारबाहीलाई कडाइ गरेको जनाएको छ।

केन्द्रका अनुसार पछिल्लो चार महिनामा ९२४ वटा सरकारी कार्यालयमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा आचारसंहिता तथा कार्यालय समय पालना नगर्ने १० हजार २६८ जना कर्मचारी भेटिएका छन्।

त्यसैगरी तोकिएको पोशाक नलगाएका ६४५ जना र कार्यकक्षमा अनुपस्थित भेटिएका ९१ जना कर्मचारीसमेत कारबाहीको दायरामा परेका छन्। यसरी कुल ११ हजार ४ जना कर्मचारीले अनुशासन उल्लङ्घन गरेको पाइएको केन्द्रले जनाएको छ।

केन्द्रले सम्बन्धित कार्यालय तथा निकायलाई प्रचलित कानुनअनुसार ती कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ।

अघिल्लो वर्षभन्दा अनुगमन र कारबाही बढ्यो

केन्द्रका अनुसार गत वर्षको सोही अवधिमा ३१८ वटा सरकारी कार्यालयको मात्र अनुगमन गरिएको थियो। त्यस क्रममा आचारसंहिता तथा कार्यालय समय पालना नगर्ने २ हजार २१३ जना र तोकिएको पोशाक नलगाउने ५६२ जना गरी कुल २ हजार ७७५ जना कर्मचारी अनुशासन उल्लङ्घनमा परेको पाइएको थियो।

यस वर्ष अनुगमनको दायरा विस्तारसँगै अनुशासन उल्लङ्घन गर्ने कर्मचारीको संख्या पनि उल्लेख्य रूपमा बढेको केन्द्रको तथ्यांकले देखाएको छ।

केन्द्रले सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन अनुगमन तथा निगरानीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

अनुगमनमा एआई र डेटा विश्लेषण प्रयोग गरिने

केन्द्रले आगामी दिनमा छानबिन, निगरानी, अनुगमन, छड्के जाँच तथा अनुसन्धानका काममा डिजिटल प्रविधिको प्रयोग बढाउने तयारी गरेको छ।

कृत्रिम बौद्धिकता (एआई) तथा डेटा विश्लेषणको प्रयोग विस्तार गर्ने र प्राप्त सूचनालाई थप प्रभावकारी रूपमा विश्लेषण गरी अनियमितता पहिचान गर्ने कार्यदिशा केन्द्रले अघि सारेको छ।

त्यसैगरी ‘हेलो सरकार’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य सरोकारवाला निकायसँगको समन्वयलाई थप सुदृढ बनाउने योजना छ।

संशोधित भ्रष्टाचार निवारण ऐनसँग सामञ्जस्य कायम हुने गरी केन्द्रसँग सम्बन्धित नियमावली, निर्देशिका, कार्यविधि तथा कार्यसञ्चालन प्रक्रिया अद्यावधिक गर्ने तयारीसमेत भइरहेको छ।

अनियमितताबारे सूचना दिन हटलाइन

सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार तथा कर्मचारीको अनुशासनहीनताबारे सर्वसाधारणले केन्द्रमा सूचना तथा गुनासो दर्ता गर्न सक्ने व्यवस्था रहेको छ।

प्रवक्ता भट्टका अनुसार कर्मचारीले आचारसंहिता पालना नगरेको, कार्यालय समयमा काम नगरेको वा जिम्मेवारी पूरा नगरेको विषयमा केन्द्रको हटलाइन ०१–४२००३४५ मा फोन गरी जानकारी गराउन सकिन्छ।

त्यसैगरी शंकास्पद सम्पत्ति वा सरकारी सेवासँग सम्बन्धित अन्य अनियमितताबारे समेत केन्द्रलाई सूचना उपलब्ध गराउन सकिने जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

विद्यालय कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक बढ्यो

निजी सम्पत्तिमाथि सरकारको नियमावली, सेवा प्रदायकको सम्पत्ति कब्जा गर्ने प्रयास

NASA Confirms SpaceX Rocket Stage Created Crater on Lunar Surface

Sudurpaschim Province Chief Minister Secures Vote of Confidence

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu