काठमाडौं । अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई प्रवक्ता नियुक्त गरेको छ ।
Originally published on abcnews.com.np.
काठमाडौं । अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई प्रवक्ता नियुक्त गरेको छ ।
मोर्चाको बैठकले रिक्त रहेको प्रवक्ता पदमा डा. राउतलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रवक्ताको जिम्मेवारी पाएसँगै डा. राउतले मोर्चाको नीति, विचार तथा गतिविधि सार्वजनिक रूपमा जनतासम्म पुर्याउने भूमिका निर्वाह गर्नेछन् । साथै, मोर्चाका गतिविधिलाई प्रभावकारी बनाउन तथा विभिन्न सरोकारवाला पक्षसँग समन्वय गर्ने जिम्मेवारीसमेत उनको रहनेछ ।
अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चालगायत दल सहभागी छन् ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्