काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा रहेका पार्टीका मन्त्रीहरू परिवर्तन गर्ने कुनै योजना नरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूको कामकारबाहीलाई लिएर केही प्रश्न उठ्नु स्वाभाविक भएको बताए । तर, त्यसलाई पार्टीले अस्वाभाविक रूपमा नलिएको उनको भनाइ छ ।
मन्त्री फेर्न लागिएको हो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले भने, “विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सयवटा काम गर्नुभएको छ भने एक–दुईवटा काममा प्रश्न आउनु स्वाभाविक हो । त्यसलाई पार्टीले अस्वाभाविक लिएको छैन ।”
उनले तत्काल रास्वपाबाट सरकारमा सहभागी कुनै पनि मन्त्रीलाई परिवर्तन गर्ने योजना नरहेको दोहोर्याए ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्