राजविराज । राजविराज नगरपालिकाको अदालत रोडमा बढ्दो सवारी चाप र भीडभाड व्यवस्थापन गर्न बुधबार स्प्रिङ डिभाइडर राखिएको छ ।
पछिल्लो केही दिनयता अदालत रोडमा सवारीसाधन तथा पैदलयात्रुको चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले डिभाइडर राखेको हो । यसअघि सो क्षेत्रमा ट्राफिक जामको समस्या बढेपछि स्थानीयवासीले नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
स्प्रिङ डिभाइडर राखिएपछि सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन हुन थालेको र पैदलयात्रुलाई समेत आवतजावतमा सहज भएको स्थानीयवासीले बताएका छन् ।
नगरपालिकाले आवश्यकता र प्रभावकारिता हेरी आगामी दिनमा अन्य व्यस्त सडकखण्डमा समेत यस्तै ट्राफिक व्यवस्थापनका उपाय लागू गर्ने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्