ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा पीएम–केयर्स फन्डको रकम विद्यालय विकासमा खर्च गर्न सीजेपीको माग


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ८ : १५   बजे

काठमाडौँ । भारतको ककरोच जनता पार्टी (सीजेपी)ले प्रधानमन्त्री मातहत रहेको पीएम–केयर्स फन्डमा रहेको रकम देशभरका सरकारी विद्यालयको विकासमा खर्च गर्न माग गरेको छ।

सीजेपीका संस्थापक अभिजीत दीपकेले फन्डमा रहेको ठूलो रकम प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसको उपयोगबारे प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले राष्ट्रिय आपत्कालका लागि स्थापना गरिएको पीएम–केयर्स फन्डमा रहेको रकम सरकारी शिक्षाको अवस्था सुधारमा प्रयोग गर्न सकिने बताएका छन्।

दीपकेले अर्को पोस्टमा फन्डमा रहेको ८ हजार ४५२ करोड रुपैयाँबाट ग्रामीण क्षेत्रमा रहेका कति विद्यालयको अवस्था सुधार गर्न सकिन्छ भन्ने विषयमा सोच्न आग्रह गरेका छन्।

सीजेपीका प्रवक्ता सौरव दासले पनि ८ हजार ४०० करोड रुपैयाँभन्दा बढी रकम प्रयोग नगरी राखिएको आरोप लगाउँदै विद्यालय विकासमा खर्च गर्नुपर्ने बताएका छन्। उनले फन्डको करिब ९३ प्रतिशत रकम फिक्स्ड डिपोजिटमा किन राखिएको र त्यसबाट प्राप्त हुने ब्याज कसको खातामा गइरहेको हो भन्ने प्रश्नसमेत उठाएका छन्।

हालै सार्वजनिक भएको पीएम–केयर्स फन्डको लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२४–२५ को अन्त्यसम्म फन्डमा ८ हजार ४५२ करोड रुपैयाँ रहेको थियो। त्यसमध्ये ७ हजार ८४६ करोड रुपैयाँ फिक्स्ड डिपोजिटमा र करिब ६०५ करोड रुपैयाँ बचत खातामा राखिएको थियो।

प्रतिवेदनअनुसार सो आर्थिक वर्षमा पीएम–केयर्स फन्डबाट करिब ८८ लाख रुपैयाँ मात्र खर्च भएको थियो। त्यही अवधिमा फन्डले ब्याजबाट करिब ४७५ करोड रुपैयाँ आम्दानी गरेको उल्लेख छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

सम्बन्धित

वार्ता असफल भएको आरोप लगाउँदै ट्रम्पको इरानमाथि ‘आर्थिक युद्ध’को चेतावनी, सहयोगी देशलाई पनि प्रतिबन्धको धम्की

आईएसविरुद्धको युद्ध सम्झिँदै इराकी प्रधानमन्त्रीले गरे इरानको प्रशंसा

रक्षामन्त्रीबाट हटाइएका फेडोरोभद्वारा चुनावको माग : युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको दाबी

इरानमाथि यूएईको कडा आर्थिक कदम : सबै व्यापारिक तथा वित्तीय कारोबार अनिश्चितकालका लागि रोकियो

भेनेजुएला सरकारद्वारा मदुरोलाई बिर्सिएको विपक्षीको आरोप

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu