ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीमाटीमा प्याज, गोलभेँडा र भन्टाको भाउ बढ्यो, डल्ले च्याउ १ सय रुपैयाँ सस्तियो


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ८ : १५   बजे

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटी बजारमा आज प्याज, गोलभेँडा, भन्टा र परबललगायत केही तरकारीको मूल्य बढेको छ भने डल्ले च्याउसहित केही वस्तुको मूल्य घटेको छ।

समितिका अनुसार अधिकांश तरकारीको मूल्य भने हिजोको हाराहारीमै रहेको छ। आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ८५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ९५ रुपैयाँ र सानो लोकल गोलभेँडा ४२ रुपैयाँमा बिक्री भइरहेको छ।

त्यस्तै, रातो आलु लाम्चो ४९ रुपैयाँ, भारतीय सुकेको प्याज ७६ रुपैयाँ, लोकल गाँजर ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ९६ रुपैयाँ, हाइब्रिड मुला ३० रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ र डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

तनेबोडी प्रतिकिलो ८५ रुपैयाँ, मकै बोडी ११० रुपैयाँ, करेला ४५ रुपैयाँ, लौका ५५ रुपैयाँ, लोकल परबल ७५ रुपैयाँ, घिरौँला २५ रुपैयाँ, हरियो डल्ले फर्सी ५५ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, स्कुस ५५ रुपैयाँ र भिन्डी ५५ रुपैयाँ रहेको छ।

सागमध्ये रायोको साग प्रतिकिलो १२५ रुपैयाँ र पालुंगो २२५ रुपैयाँमा कारोबार भइरहेको छ। कन्य च्याउ २६२ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ र कुरिलो ४५० रुपैयाँ प्रतिकिलोमा रहेको समितिले जनाएको छ।

हिजोको तुलनामा लाम्चो भन्टाको मूल्य २४ रुपैयाँबाट बढेर ३५ रुपैयाँ पुगेको छ भने डल्ले भन्टा ३३ रुपैयाँबाट ४५ रुपैयाँ पुगेको छ। लोकल परबल ६५ रुपैयाँबाट बढेर ७५ रुपैयाँ पुगेको छ।

डल्ले च्याउको मूल्य भने उल्लेख्य घटेको छ। हिजो प्रतिकिलो ५२५ रुपैयाँ रहेको डल्ले च्याउ आज ४२५ रुपैयाँमा झरेको हो। त्यस्तै, हरियो डल्ले फर्सी ६३ रुपैयाँबाट घटेर ५५ रुपैयाँमा आएको छ।

कालीमाटी बजारमा आजका लागि अन्य प्रमुख कृषि उपजको मूल्य पनि अधिकांश स्थिर रहेको समितिले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

सम्बन्धित

जापानबाट नेपालले के सिक्ने ? अनुशासन, विकास र बदलिँदो समाजको बीचमा सात दशक लामो मित्रता

सार्वजनिक संस्थानका कर्मचारीको तलब–भत्ता बढाउँदा अर्थ मन्त्रालयको यस्तो सर्त

पोखरा बचत सहकारीको कारोबार लयमा फर्किँदै, १५ करोडभन्दा बढी बचत फिर्ता

रामेछापमा ६१ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोप, २१ वर्षीय युवक पक्राउ

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, सुपरीवेक्षण विभागबाट केन्द्रीय बैंकको नेतृत्व तहमा

दिनमा कति कप चिया ठीक ? अत्यधिक सेवन गर्दा देखिन सक्छन् यी स्वास्थ्य समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu