ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३५० रुपैयाँको मोबाइल मर्मत खर्चमा तुल पुडासैनीले जिते १० लाखको बम्पर उपहार


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : २५   बजे

काठमाडौं । ३५० रुपैयाँको मोबाइल कभर र सिसा फेर्ने खर्च गरेका तुल पुडासैनीले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो बम्पर उपहारअन्तर्गत सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा पुडासैनीलाई विजेता घोषणा गरेको हो ।

साउन महिनाको दोस्रो १६ दिनमा हरेक दिन एक–एक जना गरी १६ जना र सबै सहभागीमध्येबाट एक जना बम्पर विजेता गरी कुल १७ जना उपभोक्तालाई पुरस्कृत गरिएको थियो । तीमध्ये पुडासैनी बम्पर उपहारका विजेता बनेका हुन् ।

पुडासैनीले मोबाइलको कभर र सिसा फेर्न गरेको ३५० रुपैयाँको कारोबारबाटै १० लाख रुपैयाँको बम्पर उपहार पाएका हुन् ।

को हुन् पुडासैनी ?

पुडासैनी नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक हुन् । उनी बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छन् । उनको स्थायी घर बाराको सिमरा हो ।

उनका अनुसार मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसलमा पुगेपछि गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा कारोबार गरेका थिए ।

पछि सोही कारोबारबाट आफूलाई १० लाख रुपैयाँको बम्पर उपहार परेको जानकारी पाएको उनले बताए ।

‘मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसलमा गएर गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ । त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ,’ पुडासैनीले भने ।

कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने र बिल लिने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यस्तो पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Scales Back Military Exercises With South Korea Amidst Iran Dispute

Minnesota Residents Organized Rapid Response Networks During ICE Raids

Ancient Origins of Typography: How Early Mark-Making Shapes Modern Communication

Bangladesh Holds First Contested Presidential Election in 35 Years

Russia Launches Large-Scale Strikes on Kyiv Drone and Missile Facilities

एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, एभियन इन्फ्लुएन्जासहित विभिन्न रोग पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu