ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाभित्र विवाद चर्कियो, मुख्यमन्त्रीलाई समर्थन गर्ने पत्रमा कारबाही नगर्न प्रदेश प्रमुखलाई आग्रह


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : ३५   बजे

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाग्मती प्रदेश संसदीय दलभित्र सरकार गठनको विषयलाई लिएर विवाद चर्किएको छ। प्रमुख सचेतक कुमारी तामाङले संसदीय दलको बैठकबिनै दलका नेता उद्धव थापाले एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष बुझाएको पत्रमाथि कुनै कारबाही अघि नबढाउन आग्रह गरेकी छन्।

प्रदेश प्रमुखलाई पठाइएको पत्रमा तामाङले संसदीय दलको औपचारिक बैठक नबसी दलका नेताले व्यक्तिगत लेटरप्याड प्रयोग गरी मुख्यमन्त्रीमा समर्थन जनाएको पत्र बुझाएको विषय सञ्चारमाध्यमबाट थाहा पाउँदा आफूहरू आश्चर्यचकित भएको उल्लेख गरेकी छन्।

तामाङले उक्त कदम पार्टीको निर्णय र बृहत्तर हितविपरीत रहेको दाबी गर्दै संसदीय दलका नेता उद्धव थापाविरुद्ध भदौ १ गते बहुमतबाट अविश्वासको प्रस्ताव दर्ता भइसकेको समेत प्रदेश प्रमुखलाई जानकारी गराएकी छन्।

पार्टीको निर्णयविपरीत समर्थन गरिएको दाबी

तामाङका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको साउन २० गतेको बैठकले सरकार निर्माणको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार प्रदेश संसदीय दललाई सरकार निर्माणसम्बन्धी छलफलमा सहभागी नहुन तथा कुनै पनि दल वा उम्मेदवारलाई समर्थन नगर्न निर्देशन दिइएको उनको भनाइ छ।

त्यसैगरी, २०८३ साउन २१ गते बसेको राप्रपा बाग्मती प्रदेश संसदीय दलको बैठकले पनि सरकार निर्माणको प्रक्रियामा सहभागी नहुने र कसैलाई समर्थन नगर्ने निर्णय गरेको तामाङले बताएकी छन्। उक्त बैठकको अध्यक्षता स्वयं संसदीय दलका नेता उद्धव थापाले गरेको पत्रमा उल्लेख छ।

प्रदेश प्रमुखसमक्ष कारबाही रोक्न आग्रह

प्रमुख सचेतक तामाङले पार्टीको केन्द्रीय निर्देशन र प्रदेश संसदीय दलको निर्णयविपरीत संसदीय दलको बैठक नै नबसी पठाइएको समर्थनपत्र अनधिकृत रहेको दाबी गरेकी छन्।

उनले प्रदेश प्रमुखसमक्ष उक्त पत्रलाई आधार बनाएर कुनै निर्णय वा कारबाही अघि नबढाउन आग्रह गरेकी छन्। साथै, आफूले प्रदेश प्रमुखलाई पठाएको पत्रसँगै साउन २१ गते बसेको संसदीय दलको बैठकको निर्णयसमेत संलग्न गरेको जनाएकी छन्।

तामाङले संसदीय दलको निर्णय, पार्टीको केन्द्रीय निर्देशन तथा संसदीय प्रक्रियाविपरीत आएको पत्रलाई मान्यता दिएर कुनै निर्णय नगर्न प्रदेश प्रमुखलाई अनुरोध गरेकी छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमरेश सिंहको आरोप– ‘प्रधानमन्त्रीले अख्तियारको साख गिराउने काम गरिरहेका छन्’

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमरेश सिंहको आरोप– ‘प्रधानमन्त्रीले अख्तियारको साख गिराउने काम गरिरहेका छन्’

US Scales Back Military Exercises With South Korea Amidst Iran Dispute

Minnesota Residents Organized Rapid Response Networks During ICE Raids

Ancient Origins of Typography: How Early Mark-Making Shapes Modern Communication

Bangladesh Holds First Contested Presidential Election in 35 Years

Russia Launches Large-Scale Strikes on Kyiv Drone and Missile Facilities

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu