ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमरेश सिंहको आरोप– ‘प्रधानमन्त्रीले अख्तियारको साख गिराउने काम गरिरहेका छन्’


ABC NEWS
४ भदौ २०८३, बिहिबार   २ : २५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री वालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साख कमजोर बनाउने काम गरिरहेको आरोप लगाएका छन्।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले अख्तियार प्रधानमन्त्री मातहतको निकाय नभएको स्मरण गराए। उनले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी जान नहुने भन्दै संवैधानिक निकायको मर्यादा कायम राख्न आग्रह गरे।

‘कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा तपाईंहरू नजानुहोस्। यो समिति संसदीय निगरानी समिति भएकाले यहाँ आउन मिल्छ,’ उनले भने, ‘अख्तियार प्रधानमन्त्रीको मातहतको संस्था होइन। तपाईंहरूले त्यति हिम्मत त राख्नैपर्छ।’

प्रधानमन्त्रीले बोलाएमा लिखित रूपमा कारण माग्नुपर्ने भन्दै उनले अख्तियारका पदाधिकारीलाई सचेत गराए। अख्तियारको मर्यादा दिनप्रतिदिन खस्किँदै गएको र त्यसमा प्रधानमन्त्रीको भूमिका रहेको उनको आरोप थियो।

‘जब संस्थाको मर्यादा समाप्त हुन्छ, तब कसैले त्यसको कदर गर्दैन। प्रधानमन्त्रीकै नजरमा अख्तियारको कुनै महत्त्व छैन भने सांसदको नजरमा किन हुन्छ?’ उनले प्रश्न गरे, ‘सांसदकै नजरमा नभएपछि आम नागरिक वा गाउँका मान्छेले यसको कदर किन गर्ने?’

‘प्रधानमन्त्रीले आफ्ना मान्छे भर्ती गर्न मिल्दैन’

सांसद सिंहले प्रधानमन्त्री शाहले अख्तियारमा आफ्ना निकट व्यक्तिलाई भर्ती गर्न खोजेको आरोपसमेत लगाए। अख्तियार प्रमुखलाई बोलाएर आफूले चाहेको ठाउँमा आफ्ना मान्छे राख्न निर्देशन दिन नमिल्ने उनको भनाइ थियो।

‘प्रधानमन्त्रीले आफ्ना मान्छे भर्ती गर्न खोज्ने वा अख्तियार प्रमुखलाई बोलाएर फलानो ठाउँमा मेरा मान्छे राख्नू भन्न मिल्छ? यो त मिल्दै मिल्दैन नि,’ उनले भने।

सांसद सिंहले प्रधानमन्त्री हुँदैमा कोही राजा नहुने भन्दै गणतन्त्रमा सबै समान रहेको बताए।

‘प्रधानमन्त्री हुँदैमा कोही राजा हुँदैन र सांसद वा नागरिक हुँदैमा कोही रैती वा प्रजा हुँदैन,’ उनले भने, ‘गणतन्त्र आइसकेपछि राजा र प्रजाको यो व्यवस्था उहिल्यै समाप्त भइसकेको छ।’

उनले अख्तियारका पदाधिकारीलाई पनि आफ्नो संवैधानिक दायित्व पूरा गर्न आग्रह गर्दै संस्थाको गरिमा जोगाउन सचेत गराए।

‘मेरो एउटै मात्र भनाइ छ– अख्तियारलाई साँच्चिकै अख्तियार बन्न दिऔँ, यो संवैधानिक निकायलाई संवैधानिक निकाय नै रहन दिऔँ,’ सिंहले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घरभाडाको आयमा करछुट नपाएपछि अर्थमन्त्रीसँग रविन्द्र मिश्रको गुनासो : ‘एकरूपता भएन’

वैदेशिक सहायता राष्ट्रिय बजेट र सरकारी कोषमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

घरभाडाको आयमा करछुट नपाएपछि अर्थमन्त्रीसँग रविन्द्र मिश्रको गुनासो : ‘एकरूपता भएन’

वैदेशिक सहायता राष्ट्रिय बजेट र सरकारी कोषमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

नारेश्वर तालमा पानी भरिन थालेपछि पर्यटकको चहलपहल, सिँचाइ र रोजगारीको आशा

डेढ अर्ब थपेर काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सयलाई रोजगारी

रुसका प्रमुख अर्थशास्त्री क्लेपाच बर्खास्त, युद्धका कारण आर्थिक संकट बढ्ने चेतावनी दिएको दाबी

नामी भिगो ई२ सार्वजनिक, नाडा अटो शोसम्म ३५ लाख ९९ हजारमै पाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu