ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : ४५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज भदौ ४ गतेदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ।

सरकारमा सहभागी मन्त्रीलाई पार्टी कार्यालयमा उपस्थित गराई नागरिक तथा नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ। कार्यक्रमको पहिलो दिन रास्वपा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पार्टीको केन्द्रीय कार्यालय चमतीमा उपस्थित हुनेछन्।

रास्वपाका अनुसार पहिलो चरणमा आमनागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा अर्थमन्त्री वाग्लेसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझाव र समसामयिक तथा नीतिगत विषयमा छलफल हुनेछ।

यस्तो हुनेछ कार्यक्रम

रास्वपाले साँझ ५ बजेदेखि ६ बजेसम्म नागरिकसँग प्रत्यक्ष संवादको समय तोकेको छ। त्यसपछि साँझ ६ बजेदेखि ७ बजेसम्म मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच छलफल हुनेछ।

पार्टीले नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

पहिलो चरणमा अर्थमन्त्री वाग्ले सहभागी हुने भए पनि आगामी दिनमा सरकारमा सहभागी अन्य मन्त्रीलाई समेत पार्टी कार्यालयमा उपस्थित गराएर नागरिकसँग संवाद गराउने रास्वपाको योजना छ।

कार्यक्रममा कति नागरिक सहभागी हुन पाउने र कसलाई आमन्त्रण गरिने भन्नेबारे भने पार्टीले विस्तृत जानकारी दिएको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमरेश सिंहको आरोप– ‘प्रधानमन्त्रीले अख्तियारको साख गिराउने काम गरिरहेका छन्’

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमरेश सिंहको आरोप– ‘प्रधानमन्त्रीले अख्तियारको साख गिराउने काम गरिरहेका छन्’

US Scales Back Military Exercises With South Korea Amidst Iran Dispute

Minnesota Residents Organized Rapid Response Networks During ICE Raids

Ancient Origins of Typography: How Early Mark-Making Shapes Modern Communication

Bangladesh Holds First Contested Presidential Election in 35 Years

Russia Launches Large-Scale Strikes on Kyiv Drone and Missile Facilities

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu