ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई सय वर्ष पुरानो सार्वजनिक चौतारा गायब, निजी घरले जग्गा ओगटेको स्थानीयको आरोप


ABC NEWS
४ भदौ २०८३, बिहिबार   २ : ४५   बजे

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको करिब दुई सय वर्ष पुरानो ऐतिहासिक सार्वजनिक चौतारा पाँच वर्षदेखि गायब भएको छ। स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको चौतारा भएको स्थानमा निजी घर निर्माण गरिएको स्थानीयवासीले आरोप लगाएका छन्।

चौतारा हटाइए पनि आसपासमा रहेको ‘मूलधारा’ नामको पुरानो ढुङ्गे धारा भने अझै कायम छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोगमा धाराको संरक्षण गरेको छ। परापूर्वकालदेखि स्थानीयवासीले खानेपानी, नुहाउने तथा विभिन्न धार्मिक कार्यमा प्रयोग गर्दै आएको उक्त धारा ऐतिहासिक महत्वको मानिन्छ।

भूमि प्रशासन कार्यालय खोटाङको अभिलेखमा चौतारा र धाराका नाममा दुई कित्ता सार्वजनिक जग्गा दर्ता रहेको छ। कित्ता नम्बर २९६ मा सात आना तीन दाम दुई पैसा र कित्ता नम्बर १११२ मा नौ आना दुई पैसा जग्गा क्रमशः सार्वजनिक चौतारा र धाराका नाममा रहेको अभिलेखमा उल्लेख छ।

यी जग्गा साविक दिक्तेल गाउँ विकास समिति–२ र ३ को सीमाना क्षेत्रमा पर्छन्। हाल उक्त स्थान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलमा पर्छ।

चौताराको जग्गा अतिक्रमण भएको आरोप

स्थानीय नारायणकाजी श्रेष्ठले विसं २०७८ मा सोही क्षेत्रमा पक्की घर निर्माण गर्दा सार्वजनिक चौताराको जग्गासमेत आँगनका रूपमा प्रयोग गरेको आरोप स्थानीयवासीले लगाएका छन्।

दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले चौतारा अतिक्रमणमा अघिल्लो स्थानीय सरकारका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीको समेत मिलेमतो रहेको आरोप लगाए।

उनका अनुसार उक्त स्थान स्थानीय समुदायको धार्मिक तथा सामाजिक संस्कारसँग जोडिएको थियो। चौताराको जग्गामा धार्मिक कार्य गर्न जाँदा घरधनीबाट दुर्व्यवहार हुने गरेको उनको दाबी छ।

स्थानीयवासीले विसं २०८३ असार २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो दर्ता गराएका थिए भने साउन ७ गते औपचारिक उजुरी दिएका थिए। उजुरीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिक्रमण भएको भनिएको जग्गाका विषयमा अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय खोटाङलाई निर्देशन दिएको छ।

घरधनीको दाबी फरक

चौताराको जग्गा मिचेको आरोप लागेका नारायणकाजी श्रेष्ठले भने आफूले सार्वजनिक जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन्।

उनले आफ्नो पाँच आना तीन पैसा एक दाम जग्गाभित्र मात्र घर निर्माण गरेको बताए। उनका अनुसार सार्वजनिक चौतारा रहेको भनिएको स्थानमा अहिले दिक्तेल–लफ्याङ सडक रहेको छ।

श्रेष्ठले आफूलाई छिमेकीहरूले दुःख दिएको आरोप लगाउँदै सामाजिक गुठीका नामबाट पटकपटक समस्या सिर्जना भएपछि गत साउन २१ गते जिल्ला अदालत खोटाङमा विपक्षीविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन्।

धार्मिक संस्कारसँग जोडिएको चौतारा

स्थानीयवासीका अनुसार उक्त सार्वजनिक चौतारा दिक्तेल बजारका नेवार, बस्नेत, खड्का र दमाई समुदायको धर्म, संस्कार तथा सामाजिक परम्परासँग जोडिएको थियो।

कसैको मृत्यु हुँदा काजकिरिया, पितृकार्यलगायत धार्मिक तथा सामाजिक संस्कार चौतारामै गरिन्थ्यो। नेवार समुदायले हरेक वर्ष मनाउने जात्रा विसर्जन गर्ने परम्परा पनि यही स्थानसँग जोडिएको थियो।

दिक्तेल बजार सामाजिक गुठीका सचिव सरोज सैँजूका अनुसार चौतारा भत्किएपछि सोही स्थानमा कटेरो बनाएर नेवार समुदायले मृत्यु संस्कार गर्न खोज्दा घरधनीबाट अपशब्द प्रयोग गरिएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा राखिए पनि अहिले हटाइएको उनले बताए।

न्यायिक समितिले पनि संरक्षणको अधिकार दिएको थियो

चौतारा प्रयोग गर्न नपाएको भन्दै दुई वर्षअघि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको थियो।

दुवै पक्षबीच छलफलपछि न्यायिक समितिले विसं २०८१ भदौ ७ गते निर्णय गर्दै स्थानीय समुदायलाई उक्त सार्वजनिक जग्गा संरक्षण गरी परम्परागत संस्कार गर्न पाउने अधिकार दिएको थियो।

नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक विशन राईका अनुसार पाटी तथा चौतारा निर्माण गर्ने र स्थानीय समुदायलाई परम्परागत रूपमा भोगचलन गर्न दिने निर्णय भएको थियो।

न्यायिक समितिको निर्णयपछि नेवार समुदायले दुवै कित्ता जग्गामा काजकिरियाका दशौँ, एघारौँ र बाह्रौँ दिनका संस्कार गर्दै आएको बताइएको छ।

अब सार्वजनिक अभिलेखमा चौतारा र धाराका नाममा रहेको जग्गा, निजी घर निर्माणको अवस्था तथा विगतका स्थानीय निर्णयबीचको सम्बन्धबारे जिल्ला प्रशासन कार्यालयले गर्ने अध्ययनले वास्तविकता स्पष्ट पार्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

कैलालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ लाख घुससहित पक्राउ

Swedish Minister’s Star of David Necklace Sparks Debate on Anti-Semitism

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu