ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्य अफ्रिकी गणतन्त्रमा सुन खानीमा पहिरो, १०७ जनाको मृत्यु


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ०५   बजे

काठमाडौं । क्यामरुनको सीमा नजिकै मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रमा रहेको सुन खानीमा पहिरो जाँदा कम्तीमा १०७ जनाको मृत्यु भएको छ । दुर्घटना मंगलबार दिउँसो भएको हो ।

गारुआ–बोलाई शहरका मेयर आदमोउ अब्दोनका अनुसार खानीको एक भाग मानिसहरूमाथि खसेपछि ठूलो मानवीय क्षति भएको हो । उनका अनुसार भग्नावशेषबाट अहिलेसम्म १०७ जनाको शव निकालिएको छ । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

सार्वजनिक भएको भिडिओमा खानीको एक भाग अचानक भत्किँदा केही मानिस ज्यान जोगाउन भागिरहेको देखिएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये कम्तीमा तीन जना क्यामरुनका नागरिक रहेको क्यामरुनको पूर्वी क्षेत्रका गभर्नरले जानकारी दिएका छन् ।

घाइतेको उपचार

घटनामा घाइते भएका तथा उद्धार गरिएका व्यक्तिलाई खानीबाट करिब ५० किलोमिटर टाढा क्यामरुनको बाबुआस्थित अस्पतालमा लगेर उपचार भइरहेको एएफपीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान थालेका छन् । पहिरो जानुको कारण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सांसद खगेन्द्र सुनारले भने– प्रहरी संगठनसँग मेरो कुनै व्यक्तिगत विवाद छैन

सम्बन्धित

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu